सबैलाई पठाउनु होला

कार्तिक ९ गते मंगलवार :सर्वाेच्च अदालतको नाममा राजनीति भइरहेको भन्दै प्रधानन्यायाधीशको विषयमा अहिले देखिएको विवादमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले कसैको पनि पक्ष नलिने बताएका छन् ।
सत्ता पक्षसँगको साँठगाँठका कारण विवादमा आएका प्रधानन्यायाधीशको नागरिक समाज र कानुन व्यावसायीले राजीनामा माग गरिरहेका छन् । यस विषयमा सत्ता पक्षका नेताहरु मौन बसेका छन् ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष ओलीले पनि यो विवादमा कसैको पनि पक्ष नलिने बताएका छन । विराटनगरमा मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा एमाले अध्यक्ष ओलीले प्रधानन्याधीशको राजीनामा नमाग्ने र महाअभियोगको माग पनि नगर्ने संकेत गरे ।

प्रधानन्यायधीशलाई महाअभियोग लगाउने कुनै कुरा छ कि भन्ने पत्रकारको प्रश्नमा उनले अदालत भित्र भइरहेको दाउपेच र गुटबन्दीमा नपस्ने बताए । हाम्रो चिन्ता सर्वाेच्च अदालतलाई जनताले विश्वास गर्ने, राज्यको एउटा विश्वसनीय र महत्वपूर्ण अङ्गको रुपमा राख्ने हो| ओलीले भने हामीलाई सर्वाेच्च अदालत भित्रको अशोभनीय गुटबन्दीमा पस्नु छैन साथै अदालत स्वतन्त्र रहनुपर्ने र संविधानअनुसार चल्नुपर्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com