कार्तिक १२ गते शुक्रबार : नेपालि काङ्ग्रेसको सभापति तथा सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी गृहमन्त्री बालकृष्ण खाणलाई तोकेका छन् ।
प्रधानमन्त्री देउवा आजबाट बेलायतमा आयोजना हुने जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागी हुन जान लागेकाले मन्त्रिपरिषद्को दोस्रो तहका सदस्य गृहमन्त्री खाणलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सिफारिस गरेर राष्ट्रपति कार्यलयमा पत्र पठाएका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीको सिफारिसमा प्रधानमन्त्रीको अनुपस्थितिमा दैनिक प्रशासनिक कार्य गर्न नेपालको संविधान बमोजिम गृहमन्त्री खाणलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दियकी हुन् ।

