सबैलाई पठाउनु होला

काठमाडौ । बुधवार बिहान साढे २ बजे सार्वजनिक भएको मतगणनाको नतिजामा डा. शेखर कोइरालाई पराजित गर्दै देउवा विजयी भएका हुन् ।

 

कुल ४ हजार ६ सय २३ मत खसेकोमा देउवाले २ हजार ७३३ र कोइरालाले १ हजार ८५५ मत प्राप्त गरे । ३५ मत बदर भएको निर्वाचन समितिले जनाएको छ ।

 

सोमवारको मतदानमा देउवाले २ हजार २ सय ५८ मत प्राप्त गरेका थिए भने कोइरालाले १ हजार ७ सय ३ मत प्राप्त गरेका थिए । सोमवार भने ४ हजार ६८१ मत खसेको थियो ।

 

सोमवार भएको पहिलो चरणको मतदानमा स्पष्ट बहुमत आउन नसकेपछि मंगलवार दोस्रो चरणको मतदान भएको थियो ।

 

पहिलो चरणमा सभापतिको प्रतिष्पर्धा गरेका प्रकाशमान सिंह र विमलेन्द्र निधिले देउवालाई समर्थन गरेका थिए ।

 

सिंह र निधिको समर्थनले देउवाको जीत सहज भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com