सबैलाई पठाउनु होला

काठमाडौं ।दस बर्षाको जनयूद्धला भुलेर छाडेर नयाँ शक्ती पार्टी स्थापना गरी जनता समाजवादी पार्टीमा पुगेका (जसपा) नेपालका संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदनमाथि टिप्पणी गरेका छन् ।

माओवादी केन्द्रको काठमाडौंमा जारी आठौँ राष्ट्रिय महाधिवेशनमा प्रचण्डले ‘२१औँ शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको प्रतिवेदन प्रस्तुत गरेका छन् । त्यसमाथि डा. भट्टराईले सामाजिक सञ्जालमार्फत छोटो टिप्पणी गरेका हुन् ।

भट्टराईले उक्त प्रतिवेदनलाई ‘पुरानै एकदलीय व्यवस्थाको धङधङी बोकेको काल्पनिक समाजवादको स्वैरकल्पनाको पोको’को संज्ञा दिएका छन् । प्रचण्डको प्रतिवेदनले कार्यकर्ताहरू अरू केही वर्ष झुक्किने उनको भनाइ छ ।

‘माओवादी केन्द्रको महाधिवेशनमा प्रस्तुत दस्तावेज सर्सर्ती पढ्दा पुरानै एकदलीय व्यवस्थाको धङधङी बोकेको काल्पनिक समाजवादको स्वैरकल्पनाको पोको जस्तो लाग्यो,’ भट्टराईले ट्विटरमा लेखेका छन्, ‘फेरि एकपटक असली बाजेको पेडा बेच्ने होडबाजी चल्ने भो । अबोध कार्यकर्ता केही वर्ष अरू झुक्किने भए ! शुभकामना !’

कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा माओवादी केन्द्रको महाधिवेशन जारी छ । सोमबार बन्दसत्रको सुरुवातमा प्रचण्डले उक्त प्रतिवेदन प्रस्तुत गरेका थिए । माओवादी केन्द्रको महाधिवेशन यही पुस १५ गतेसम्म चल्ने तय छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com