अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता अनुमोदनको विषयलाई लिएर सत्ता गठबन्धनमा बिबाद परिरहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपालस्थित अमेरिकी राजदूत र्यान्डी बेरीले भेटेका छन् ।
बालुवाटार स्रोतकाअनुसार बुधबार दिउँसो बसेको संसद बैठकमा एमसीसी प्रस्ताब पेश हुन नसकेपछि प्रधानमन्त्री देउवासँग छलफल गर्नका लागि एमसीसीको दाता मुलुक अमेरिकी राजदूत बेरी बालुवाटार पुगेका थिए । बुधबार दिनभर एमसीसीको बिरोधमा देशव्यापी प्रदर्शन भएको थियो ।
यो अवस्थामा एमसीसी पास गराउने सम्भावित विकल्प र रणनीतिबारे अमेरिकी सहयोग परियोजना एमसीसीलाई लिएर सत्ता गठबन्धन नै धरापमा परिरहेका बेला नेपालस्थित अमेरिकी राजदूत र्यान्डी बेरीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन् ।
बुधबार दिउँसो बसेको संसद बैठकमा एमसीसी पेश हुन नसकेपछि एमसीसीको दाता मुलुक अमेरिकी राजदूत बेरी देउवासँग छलफलका लागि बालुवाटार पुगेका थिए । बुधबार दिनभर एमसीसीको बिरोधमा देशव्यापी प्रदर्शन भएको थियो ।
यो अवस्थामा राजदुत बेरीले एमसीसी पास गराउने सम्भावित विकल्प र रणनीतिबारे प्रधानमन्त्री देउवासँग छलफल गरेको स्रोतले जानकारी दिएको छ । सत्तारुढ दलभित्रै एमसीसीलाई लिएर सहमति जुट्न नसकेपछि देउवाले सम्भावित विकल्पबारे राजदूत बेरीसँग छलफल गरेको स्रोतले बताएको छ ।
अमेरिकाले अब एमसीसीको समय बढाउन नसकिने गरी समयसीमा दिएकाले त्यो समयसीमामा पुनर्विचारको गुन्जायस छ कि छैन भन्ने विषयमा पनि देउवाले राजदूतसँग जिज्ञासा राखेको बालुवाटार स्रोतले जनाएको छ ।
देउवाले बुधबार संसदमा एमसीसी लैजाने कोशिस गरे पनि असफल भएका थिए ।अमेरिकाले एमसीसीमा थप समय दिन नसकिने अडान लिएपछि देउवाले शुक्रबारसम्म संसदमा टेबल गर्ने बताएका छन् ।
बुधबार देउवाले संसदमा एमसीसी लैजाने कोशिस गरे पनि सत्तारुढ गठबन्धनका सांसदहरुले नमानेपछि असफल भएका थिए ।
बुधबार बेलुकाको राजदूत बेरीसँगको भेटपछि बिहीबार बिहानै प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच यो विषयमा बालुवाटारमा कुराकानी भएको छ ।
सरकारले प्रतिनिधिसभाको बैठकमा टेबल गर्ने प्रस्ताव गरेपछि त्यसको विरोधमा सत्ताघटक नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेता कार्यकर्ता नै सडकमा उत्रिएका थिए । सत्तारुढ दलबाटै विरोध भएपछि प्रधानमन्त्री देउवा पछि हटेका थिए । त्यहीबीच प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष दाहालबीच छलफल भएको थियो ।
एमसीसी सम्झौता संसदमा टेबल गर्ने विषयमा सहमति खोज्न गठबन्धनको बैठक बिहीबार बस्दैछ । दिउँसो ३ बजेका लागि बोलाइएको बैठक बिहान दाहालसँग छलफल भएपछि प्रधानमन्त्री देउवाले साँझ ५ बजेका लागि सारेका छन् ।

