काठमाडौँ — भर्खरै पाँच दलीय सत्ता गठबन्धनको बैठक सुरू भएको छ । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौता संसद्बाट अनुमोदन गराउने विषयमा छलफल गर्न गठबन्धनका शीर्ष नेताहरूको बैठक प्रधानमन्त्री सरकारी निवास बालुवाटरमा बसेको हो ।
एमसीसी सम्झौता संसद्मा टेबल गर्ने विषयमा नै सत्तागठबन्धनभित्र विवाद भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले त्यसका लागि निर्णायक छलफल गर्न बैठक बोलाएका हुन् ।

