सबैलाई पठाउनु होला

काठमान्डौ- नेपाल सरकारले मिलेनिएम च्यालेन्ज कर्पोरेशन- एमसीसी सम्झौतालाई संघिय संसदमा अनुमोदनका लागि दर्ता गराउन लागेकै समयमा विभिन्न राजनीतिक पार्टीहरुले बिरोध प्रदर्शन गरिरहेका छन् ।

बिरोध प्रदर्शन कै क्रममा आज पनि नेपालका कम्युनिष्ट घटकहरुले माइतीघर मण्डला र नयाँ बानेश्वरमा जुलुसका कार्यक्रमहरु जारि राखेका छन्। यसै क्रममा हाम्रा सम्बाददाता कर्ण सुनारले केहि फोटो क्लिप हरु सहित रिपोर्टहरु तैयार पार्नु भएको छ।

बिरोध कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी देशभक्त जनगनातान्त्रिक मोर्चा नेपाल, नेकपा (मसाल), नेकपा (क्रान्तिकारी माओवादी), नेकपा, बैज्ञानिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा नेपाल, नेकपा (माओवादी केन्द्र) लगायतका नेता तथा कार्यकर्ताका साथ मोहन बिक्रम सिंह, दुर्गा पौडेलको समेत उपस्थिति रहेको थियो।

कार्यक्रमलाई हेर्न कतिपय मानिसहरु रुखहरुमा समेत चढेका देखिन्थ्यो. प्रदर्शनकारी हरुलाई निषेधित क्षेत्र प्रवेशमा रोक लगाउन प्रहरीले सडकमा नै काँडे बार लगाएको छ। उक्त बारलाई एक जना प्रदर्शनकारीले धकेलेर फाल्न खोज्दा बारले युवक स्वयंलाई थिचेर घाइते बनाएको थियो।

प्रदर्शनकारीको उग्र प्रदर्शन का कारण प्रदर्शनकारी र प्रहरीको वीच झडप समेत भएको दृश्य समेत देखिएको थियो।

अहिले पनि माइतीघर मण्डला देखि बबरमहल क्षेत्रमा प्रदर्शन जारी छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com