सबैलाई पठाउनु होला

काठमाडौं- देउवा नेतृत्वको सत्तारुढ गठबन्धनमा एमसीसीको विपक्षमा रहेका नेताहरु छलफलमा जुटेका छन्। माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको निवास खुमलटारमा आन्तरिक छलफलका लागि उपस्थित भएका हुन्। छलफलमा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, सम्मानित नेता झलनाथ खनाल, जसपा अध्यक्ष उपेन्द्र यादव र माओवादी नेता नारायणकाजी श्रेष्ठ समेत सहभागी छन्।

विहीबार साँझ बसेको गठबन्धनको बैठकमा सहमति नभएपछि प्रधानमन्त्री देउवाले विहीबार राति एमाले अध्यक्ष केपी ओलीसँग भेटवार्ता गरेका थिए। एमालेसँग कांग्रेसले छलफल अघि बढाएपछि गठबन्धनका अरू दलका नेताहरु छलफलमा सकृय हुन्।

प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पास गर्नका लागि गठबन्धन कै विकल्प खोज्ने संकेत देखाएपछि प्रचण्ड, माधव र उपेन्द्रसहितका नेता आन्तरिक परामर्शमा सकृय भएको देखिन्छ । शुक्रबार बिहान १० बजे सत्ता गठबन्धनको बैठक बस्नुअघि एमसीसी विरोधी नेताहरुबीच छलफल भइरहेको थियो। सत्ताका नेतृत्व गरेको कांग्रेसले एमसीसी संसदमा टेबुल गर्न जोडबल गरिरहेको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com