सबैलाई पठाउनु होला

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले विभिन्न दलसँग एमसिसीलाई हेर्ने राजनीतिक दृष्टिकोण बदल्न आग्रह गरेका छन्। आज पत्रकारहरूसँग कुराकानी गर्दै दलहरुले एमसिसीलाई विभिन्न कोणले हेर्दा विद्यमान समस्या आएको उनले बताएका हुन्।

“एमसिसीलाई दलले विदेशी आँखाबाट नहेरी नेपाली आँखाले हेर्नुपर्छ।”, देशको आन्तरिक मामला भएकाले के ठीक के बेठिक नेपाली दल र जनताले छुट्याउनुपर्नेमा अहिले विदेशी शक्ति खेल्न थालेको छ। उपसभापति गुरुङले भने, “हाम्रै कारणले वैदेशिक शक्ति एमसीसीका बारेमा बोल्न थालेका हुन् की भन्ने मलाई लाग्छ।

नेताहरुले दिनहुँ बोली फेरिराख्ने गर्दा विदेशी निकाय सलबलाउन थालेको उनको आरोप थियो। उपसभापति गुरुङले न्यायलय ठीक ढङ्गबाट सञ्चालन हुनुपर्थ्यो। न्यायलयका प्रमुख प्रधानन्यायधीशले न्यायलय चलाउन नसकेपछि मार्गप्रशस्त गर्नुपर्थ्यो तर   समस्यालाई हेरेर बस्नु हुँदैनथ्यो उनले भने।

एक फरक प्रसङ्गमा संसद् सञ्चालनका लागि सत्तापक्ष र प्रतिपक्ष दुवै एक ठाउँमा उभिनुपर्नेमा उनले जोड दिए। संसद् प्रतिपक्षको भए पनि विरोध कै लागि बन्धक बनाउन नहुनेमा जोड दिँदै उपसभापति गुरुङले संसदमा सरकारका काम कारवाहीका विषयमा बहस हुनुपर्ने र कानून बनाइनुपर्नेमा बन्दक बनाउनु गलत भएको बताए। प्रतिपक्ष नेकपा एमालेले करिब ७ महिना अघि देखि संसद अबरुद्ध गर्दै आएको बिषयलार्इ इलङ्गित गर्दै उनले यस्ता कुरा बताएका हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com