सबैलाई पठाउनु होला

काठमाडौं- आज शहीद स्मारक ए डिभिजन लिगमा बाह्रौ चरणका अन्तिम दुई खेल हुँदैछन्। लिगको च्याम्पियन र रेलिगेशनमा जाने दुई टोलीको निर्क्योल भइसकेको अवस्थामा अबका खेलमा टिमहरु अंकतालिकामा स्थान सुधार्ने लक्ष्यका साथ मैदानमा उत्रने छन्।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा विभागीय टोलीहरु एपीएफ र नेपाल पुलिस भिड्नेछन्। ८ खेलबाट १४ अंक जोडेको एपीएफ अंकतालिकाको आठौं स्थानमा छ। पछिल्ला खेलहरुको लयमा देखिएको एपीएफले अघिल्लो सिजन लिगमा बलियो मानिएको मनाङलाई स्तब्ध पार्दै रेलिगेशनबाट माथि उठेको थियो। अर्कोतर्फ ए डिभिजन लिगमा राम्रो इतिहास भएको नेपाल पुलिसको यो सिजनको प्रदर्शन भने बिर्सन लायक रह्यो। पुलिसले ११ खेलमा ११ अंक जोड्दै ११ औं स्थानमै रहेको छ।

त्यसैगरी दोस्रो खेलमा त्रिभुवन आर्मी फुटबल क्लब र संकटा क्लब भिड्ने छन्। यो खेलले अंकतालिकाको शीर्ष ६ टोलीबीचको समीकरणलाई परिवर्तन गर्न सक्छ। ११ खेलबाट अपराजित आर्मीले ४ जित र ७ बराबरी खेल्दै १९ अंक जोडेर तालिकाको चौथो स्थानमा छ। आर्मीले आजको खेल जितेमा मनाङ मर्स्याङ्दी क्लब र न्युरोड टिमलाई पछि पार्दै दोस्रो स्थानमा उक्लने छ। त्यस्तै संकटाले जित निकाले शीर्ष ६ भित्र स्थान बनाउने छ।

एपीएफ र पुलिस बीच दिउसो १ बजे तथा आर्मी र संकटाबीच साँझ पौने ५ बजे दशरथ रंगशालामा खेल हुनेछ।

लिगमा मछिन्द्र क्लब च्याम्पियन बनिसकेको छ भने ब्रिगेड ब्वाइज क्लब र च्यासल युथ क्लब रेलिगेशनमा परिसकेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com