सबैलाई पठाउनु होला

काठमाडौँ- नेकपा (क्रान्तिकारी माओवादी) का अध्यक्ष मोहन वैद्य किरणले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन्। वैद्यले भेटमा मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सँगको सम्झौता संसदमा अनुमोदन नगर्न प्रचण्डसँग आग्रह गरे। गत फागुन ८ गते सम्झौता प्रतिनिधि सभामा पेश भएको थियो।

वैद्यले प्रचण्ड निवास खुमलटार पुगेर एमसीसी देशको हितमा नरहेको भन्दै पारित नगर्न आग्रह गरेको वैद्यको निजी सचिवालयले जनाएको छ।

भेटमा प्रचण्डले यथास्थितिमा एमसीसी पास नहुने र विपक्षमा मतदान गर्ने बताएका छन्।

वैद्यले एमसीसीको विरोधका क्रममा पक्राउ परेका कार्यकर्ताको रिहाइका लागि पहल गर्न आग्रह गरेका छन्।

आठ दलीय मोर्चाले एमसीसी पारित नगर्न दबाबका लागि विरोध कार्यक्रम घोषणा गरेको छ।

मोर्चाले फागुन ११ गते बुधवार ११ बजे बानेश्वरमा विरोध कार्यक्रम तय गरेको छ। त्यस्तै, ११ गते साँझ देशब्यापी मशाल जुलुस र १२ गते बिहिवार १२ बजे संसद भवन घेराउ कार्यक्रम तय गरेको छ।

१३ गते शुक्रवार देशब्यापी कोणसभा हुनेछ। १४ गते शनिवार १२ बजे पनि संसद भवन घेराउ कार्यक्रम तय गरिएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com