सबैलाई पठाउनु होला

काठमाडौं – आज दिउँसो संघिय संसद प्रतिनिधिसभाको बैठक हुने भएको छ। दिउँसो १ बजेको बैठकमा अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौतामाथि छलफल हुने कार्यसूची रहेको छ। उक्त सम्झौता अनुमोदन गर्ने प्रस्ताव अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गर्ने संघिय संसद सचिवालयले जनाएको छ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन, २०७७/७८’ पेस गर्ने समेत प्रतिनिधिसभा सचिवालयको सम्भावित कार्यसूचीमा उल्लेख छ।

बिहान साढे ११ बजे सभामुख अग्निप्रसाद सापकोटाले संसद बैठकअघि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्।

एमसीसी सम्झौतामा गठबन्धन दलभित्रै सहमति नभएपछि सरकारको आग्रहमा यसअघिका दुई बैठक स्थगित गरिएको थियो।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com