अहिलेको कानूनले महिलालाई सजिलो बनाएको छ। तथ्य र प्रमाण चाहिंदैन। मलाई बलात्कार गर्यो भनेर उजुरी दिए पुग्छ। कसैको लहैलहैमा लागेर किशोरी र उनकी अभिभावकले पैसाको लोभमा उजुरी दिए पनि निर्दोसहरु पिडकमा परिणत हुनुपर्ने बाध्यता छ।
यस्तै अन्धा कानूनको शिकार हुँदैछ पल शाह। समिक्षा अधिकारीलाई यस्तो गर्नुपर्छ, उस्तो गर्नुपर्छ भनेर पल शाहबाट पैसा हत्याउने मनशायले दुर्गेश थापा लगायतको ५ जनाको टिमले एकआपसमा कुराकानी गरेको अडियो बाहिर आइसकेको अबस्था छ। पिडित भनिएकी समिक्षा अधिकारी पनि पल कै बिरुद्ध उजुरी परिसकेपछि पनि पल शाहसँगै बिभिन्न टेलिचिजन र युट्युव च्यानलहरुमा अन्तर्वार्ता दिइरहेको बिषयहरु बाहिर आएको छ। यसबाट पनि किशोरीले पल शाहबाट पिडित नभएको पुष्टि गर्ने प्रमाणहरु दिन्छ। फेरी पनि उजुरी परिसकेपछि त्यस माथि कारवाही चलाउने निकाय जिल्ला अदातल तनहुँले आफ्नो काम कर्तब्य निभाउनुपर्ने दायित्व छ। त्यसकारण मेरो कुनै दोष छैन भन्दै आत्मसमर्पण गर्न गएका पल शाहलाई कानून अनुसार थुनामा राखेर अनुशन्धान तहकिकात गर्नु अदालत र प्रशासनको कर्तब्य हो। त्यसकारण पल शाह थुनामा परे।

यस्तो अबस्थामा पल शाहको पक्षमा मानिसहरुले हुलहुज्जत नगरेको भए हुने थियो। प्रदर्शन र नाराबाजी गर्नुको सट्टा पल शाह माथि लान्छना लगाई उजुरी गर्न लगाउनेहरुको बिरुद्ध पनि कानूरी रुपमै उजुरी दिएको भए हुने थियो। जसरी पल शाहले आफुलाई उम्काउन तानावाना गर्न नसक्ने वातावरण थुनामा परेपछि सम्भवना रहँदैन। त्षसैगरी दुर्गेश लगायतका समुहले पनि पल शाहलाई फँसाउनका लागि थप झुट्टा प्रमाणहरु बनाउन अनेक तानावाना बुन्न सक्ने सम्भावना पनि उत्तिकै बढेर गएको छ। यसले गर्दा जबसम्म योजना बनाउने दुर्गेश थापाका र उनका मतियारहरु स्वतन्त्र रहन्छन्, तवसम्म पल शाहले यस मुद्दाबाट मुक्ति पाउने सम्भावना पनि न्युन हुँदै गएको देखिन्छ। भलै पल शाह निर्दोष किन नहुन्, दुर्गेश थापाको समुहका कारण पल शाह दोषी ठहरिने सम्भावना प्रवल बन्दै जाने सम्भावना बढेर गएको छ।
यस्तै बलात्कार सम्बन्धि उजुरी र जेल सँजायको घटनाको शिकार भएका थुप्रै मानिसहरु कैदी जीवन ब्यतित गर्नुपरेका उदाहरणहरु हाम्रो समाजमा धेरै छन्। यो समाजमा सामान्य घरेलु खटपट परेका परिवारलाई बाहिरकाले फटालेर अझ आगोमा मट्टितेल छर्किएर पत्नीलाई पतिले बलात्कार आरोप लगाएर जेल गएका थुप्रै उदाहरणहरु छन्। आफैले आरोप लगाएर जेल गएका श्रीमानलाई पछुताउँदै खानेकुरा, पैसा, फलफूल र फेर्ने कपडा दिन गएको घटनाहरु समेत देखिएको छ। अरुको लहैलहैमा लागेर श्रीमानलाई सुधार्न भनि बलात्कार मुद्दा लगाएको तर त्यहि मुद्दाले श्रीमानले १० बर्ष जेल सँजाय भोग्नुपर्छ भन्ने थाहा नभएको कारण समस्या भएको कुराहरु श्रीमतिबाट आएको समेत छ। अदालतले प्रमाणको आधारमा जेल सँजाय सुनाएपछि पनि मैले जेल नलानु भनेपछि श्रीमान जेल जानु नपर्ला भन्ठानेकी महिलाले पछि गएर पछुताउँदै पतिलाई जेलमा भेट्न गएको दृष्यहरु देख्न पाइन्छ।
यस्ता घटनाहरुबाट तथ्यहरु बाहिर आएको छ कि, अब पुरुषहरुले कुनैपनि महिलासँग नजिक हुन सक्ने अबस्था छैन। कसैलाई भरोसा गर्ने ठाउँ छैन। जसले पनि आरोप लगाएर १० बर्ष जेल कोचिदिन सक्छन्। समाजमा यौनपिपासुहरु र हत्याराहरु नभएका होइनन्। त्यस्ता मानिसहरुले सँजाय भोग्नु अवस्य नै पर्छ। तर यहाँ महिला अधिकारको नाममा पुरुषहरु दिनानुदिन पिडित हुँदै जान थालेको कुराहरु पनि बिद्यमान छन्।
त्यसकारण सरकारले उचित कानून परिमार्जन गरी भरसक दोषीले सँजाय र निर्दोषीले उन्मुक्ति पाउन सक्ने ब्यबस्थाको प्रत्याभूत गर्नुपर्दछ। र वास्तविक पिडितलाई न्याय र झूटो लमन्छना लगाउनेलाई पनि प्रमाणित भएपछि उचित दण्ड सँजायको ब्यवस्था हुनु आवश्यक छ।

