सबैलाई पठाउनु होला

काठ्माण्डौं – वाद्यवादन कलाकार संघ नेपालले आगामी चैत्र ५ गते शनिबारका दिन पाटनढोका, ललितपुरमा रहेको यलामाया केन्द्रमा दोश्रो अधिवेशन गर्ने आयोजना गरेको छ।

अधिवेशन सभा उक्त दिनको बिहानको ९ बजे देखि सुरु हुने छ। अधिवेशन सभामा अतिथिको रुपमा शास्त्रीय संगीतका बरिष्ट बिषेशज्ञ न्हुँछे बहादुर डंगोल लगायत सांगितिक क्षेत्रमा रहेर सेवा पुर्याइरहेका उच्च प्रतिष्ठित ब्यक्तित्वहरुको समेत उपस्थिति हुनेछ। साथै सभामा बिभिन्न सांगितिक कार्यक्रमको समेत प्रस्तुत गरिने कुरा यस गुनासो चौतारी मिडियाका सम्बाददातालाई जानकारी भएको छ।

यस संघको अधिवेशन सभाको आयोजनाको तैयारी भइरहेको कुरा जानकारी गराउँदै संघका सहायक सचिव यमन थापा मगरले भने, “वाद्यवादन पेशामा लागेका कलाकारहरुले संगित कलाको माध्ययमद्वारा देश कै सेवा गरिरहेको भएता पनि कलाकारहरुको वीचमा नै वाद्यवादन कलाकारहरुलाई बेवास्ता गरिरहेकाले आफ्नो परिश्रमको उचित फल प्राप्त हुन नसकेको हुँदा वाद्यवादक कलाकारहरुलाई एकजुट गराई आफ्नो क्षमता, परिश्रम र मेहनतको प्रतिफल प्राप्तिका लागि सचेत रहन र मिलेर हक प्राप्त गर्नका लागि हामीले संघ खडा गरेका हौं।”

लामो समयसम्म वाद्यवादन पेशामा संलग्न रहेर पनि यस पेशामा लागेर उचित पारिश्रमिक पाउन नसकिएको र कलाकारहरुलाई हेर्ने दृष्टिकोणमा पनि हेयको भावनाले पिडित हुनुपरेकोले वाद्यवादन कलाकारहरुले दुई वर्ष अगाडी नै संघ गठन गरेको थियो। अहिले संघले आफ्नो संगठन तिब्ररुपमा बिस्तार गरिरहेको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com