काठमाडौं- अमेरिकी सहयोग परियोजना एमसीसी संसद्बारा पास गरिएको विरोधमा ६ वटा कम्युनिष्ट पार्टी र दुई मोर्चाले संयुक्त विरोध प्रदर्शन गरेका छन्। नो एमसीसी भन्दै प्रदर्शनपछि टुँडीखेलस्थित खुलामञ्चमा विरोधस्वरूप आमसभा गरिएको छ।

उक्त सभामा ११ नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। कार्यक्रममा नेत्र बिक्रम चन्द, ऋषि कट्टले, चित्र बहादुर केसी र आहुति लगायत ८ पार्टीका नेताहरु उपस्थित भएका छन्।
साना वामपन्थी दलको एमसीसीविरुद्धको आन्दोलनमा ठूला वामपन्थी दलका असन्तुष्ट नेताहरूको समेत समर्थन रहेको छ।

