सबैलाई पठाउनु होला

काठमाडौँ – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संसद् भंग गरेर ‘अर्ली इलेक्सन’मा जानुपर्ने बताएका छन् ।

आइतबार प्रतिनिधिसभा बैठक सुरु हुनुअघि संसद् भवनपरिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष नेपालले संसद् भंग गरेर तीनै तहको निर्वाचन गर्ने तिर लाग्नुपर्ने बताएका हुन् ।

संसद्‌मा एमालेले अवरुद्ध गरेर हैरान पारेको भन्दै अध्यक्ष नेपालले भने,”केपी ओलीको बितण्डा कति सहने ।  हाउस चल्न पनि नदिने, भत्ता खाइरहने, हामीलाई पनि हैरान पार्ने,” नेपालले भने, “त्यसैले अब संसद् भंग गरौं, संसद् पनि रहन्न ओलीको बितन्डा पनि रहन्न । अब सबै इलेक्सनमा जाऔं ।”

आइतबरको प्रतिनिधिसभाको बैठक सुरु भएलगत्तै एमालेका सांसदहरू रोष्ट्रम अगाडि उभिएर नाराबाजी गरेका थिए । एमाले विभाजनमा सभामुख अग्निप्रसाद सापकोवटाको भूमिका रहेको भन्दै विरोधमा र आफ्नो पार्टीले कारबाही गरेका १४ जना सांसदलाई पदमुक्त गर्नुपर्ने माग राखेर लगातार एमालेले संसदमा नाराबाजी गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com