सबैलाई पठाउनु होला

काठमाडौं – प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाभियोग माथि छानविन गर्न संसदले सिफारिस समिति गठन गरेको छ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका बीच आइतबार बसेको प्रतिनिधिसभा बैठकले ११ सदस्यीय समिति गठन गरेको हो। यद्यपि एमालेले समिति गठनमा भने सहमति जनाएको छ। एमालेकै सहमतिमा कार्यव्यवस्था परामर्श समितिले सबै दलका प्रतिनिधि राखेर ११ सदस्यीय समिति गठनको एजेण्डा तय गरेको थियो।

सभामुख अग्निप्रसाद सापकोटाले प्रधानन्यायाधीश जबरामाथि लागेका अभियोगमा छानविन गर्न समिति गठनको प्रस्ताव गरेका थिए। प्रस्तावलाई बहुमतले पारित गरेसँगै समिति गठन भएको हो।

समितिमा को को छन् ?

एमाले

१. विष्णु  पौडेल

२. लालबाबु पण्डित

३. शिबमाया तुम्बाहाम्फे

४. कृष्ण भक्त पोखरेल

कांग्रेस

५. मिन बहादुर विक

६. रामबहादुर विष्ट

माओवादी

७. यसोदा सुवेदी

८. रेखा शर्मा

नेकपा एस

९. कल्याणी खड्का

लोसपा

१०. एकवाल मियाँ

जसपा

११. प्रमोद साह

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com