सबैलाई पठाउनु होला

सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्लसहितको टोली लबुचेबाट गोरप्सेप तर्फ प्रस्थान गरेको छ । आइतबार लबुचेमा बसेको उक्त टोली आज बिहान गोरप्सेप तर्फ प्रस्थान गरेको हो ।

यही फागुन १६ गते लुक्ला आएको ४० महिलाको टोली अहिलेसम्म सकुशल रहेको आयोजक संस्था “साथ साथै” की अध्यक्ष प्रजिता कार्कीले बताइन् । उनका अनुसार उक्त टोलीले मङ्गलबार बिहान ८ बजे कालापत्थर पुगेर अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा विशेष कार्यक्रम गर्नेछ ।

वुमन युनाइटेड फर क्लाइमेट जस्टिस’ 

‘वुमन युनाइटेड फर क्लाइमेट जस्टिस’ नाराका साथ जलवायु परिवर्तनका असरबारे ध्यानाकर्षण गराउने उद्देश्यसहित विभिन्न क्षेत्रमा क्रियाशील महिला १३ दिने पदयात्रामा निस्किएको आयोजक संस्थाले जनाएको छ । विश्व तापमानमा भएको वृद्धिले हिमालमा हिउँ पग्लिने क्रम बढेको, पानीका मुहान सुक्ने लगायतको कार्य भइरहेको र यसको प्रत्यक्ष असर महिलामा परिरहेको विषयमा जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताइएको छ ।

विसं २०२२ मा ‘साथसाथै’को यो अभियान सातै प्रदेशमा पु¥याउने लक्ष्य रहेको उनले जानकारी गराइन् । यसअघि पदयात्रा अघि ‘साथसाथै’ले अन्नपूर्ण आधार शिविर र मार्दी हिमाल क्षेत्रमा पदयात्रा सम्पन्न गरिसकेको जनाएको छ । यो अभियानले जलवायु परिवर्तन र महिलाको मुद्दा मात्रै उजागर नगरी आन्तरिक पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुग्ने विश्वास लिइएको छ ।

अभियानमा निस्कँदै गर्दा विभिन्न सङ्घसंस्थादेखि अन्य व्यक्तिले समेत सकरात्मक रुपमा सहयोग गरेको आयोजक संस्थाले जनाएको छ । सबैको सहयोगले कार्यक्रम आयोजना हुने अघिल्लो दिनसम्म अभियानमा रहेका सबै जना सकुशल गोरप्सेपमा पुग्नुले पनि अभियानको उद्देश्य पूरा हुनेमा आफू विश्वस्त रहेको अध्यक्ष कार्कीले टेलिफोन सम्पर्कमा बताइन् । अभियानका क्रममा अन्य व्यवस्थापनको जिम्मेवारी भने एलिट एक्सपीडिसनले लिएको छ । यस्तै अभियानका क्रममा हुनसक्ने सुरक्षा चुनौतीलाई ध्यानमा राखेर प्रहरीसमेत साथमै खटाइएको जनाइएको छ ।

गाउँपालिकालाई कार्यक्रमबारे जानकारी भएन 

कालापत्थर रहेको गाउँपालिका खुम्बुपासाङ ल्हामु हो । यही गाउँपालिकामा विशेष कार्यक्रम आयोजना हुँदैछ । त्यो पनि अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा जलवायु परिवर्तनका कारण महिलाको जनजीवनमा पारेको अवसरको विषयमा घोषणापत्र नै जारी गर्ने योजना छ ।

कार्यवाहक अध्यक्ष महिला भएर नेतृत्व गरेको गाउँपालिका र सिङ्गो जनप्रतिनिधिले कार्यक्रमबारे सञ्चारमाध्यमबाट मात्रै जानकारी पाएको बताएका छन् । खुम्बुपासाङ ल्हामु गाउँपालिकाका कार्यवाहक अध्यक्ष टासी ल्हुम शेर्पाले कालापत्थरमा कार्यक्रम गर्ने गरी महिला टोली पदयात्रामा निस्किएको समाचारमा देखेको भए पनि आधिकारिक संस्थाबाट खबर नभएको बताइन् ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com