सबैलाई पठाउनु होला

काठमाडौं – सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालले आन्दोलनको घोषणा गरेको छ। पेट्रोलियम पदार्थको मुल्यवृद्धी तत्काल फिर्ता लिई भाडा समायोजन गर्न माग गर्दै आन्दोलनको घोषणा गरेको हो। सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर एक हप्ताभित्र समस्या समाधान नभएमा आगामी चैत्र १ गतेबाट आन्दोलनमा जाने घोषणा गरेको हो।

महासंघले हाल कायम भाडा दरमा अन्तर प्रदेश र प्रदेशस्तरीय रुटमा न्युनतम २६ प्रतिशतले बृद्धि गर्न र ट्याक्सीको हकमा सुरुवाती ८० रुपैयाँ तथा भाडाप्रति मिटर ६० रुपैयाँ दरले समायोजन गर्न सरकारसँग माग गरेको हो।

महासंघका अध्यक्ष डोलनाथ खनालले अन्तिम पटक भन्दै सरकारलाई ७ दिनको समय अवधिमा माग सम्बोधन गर्न आग्रह गरेको बताए। उनले पेट्रोलियम पदार्थको मुल्य बृद्धिको आधारमा भाडा तत्काल समायोजन गर्न सरकारसँग माग गरे। अध्यक्ष खनालले विगतजस्तै आन्दोलनको निमित्त ७ दिने सरकारलाई अल्टिमेटम दिएको सुनाए।

उनले केन्द्रीय सरकारदेखि प्रदेश सरकारसम्म, पूर्वसरकार देखि वर्तमान सरकारसम्म, पहिलादेखि हालसम्म सरकारमा रहनेहरुले नीजि क्षेत्रका कुनै नीति निर्माण नगरीकन पलायन गराउन खोजेको आरोप लगाए। उनले भने,केन्द्रीय सरकारदेखि प्रदेश सरकारसम्म, वर्तमानदेखि पुर्ववर्तमानसम्म, पहिलादेखि हालसम्म सरकारमा रहनेहरुले नीजि क्षेत्रका कुनै निति निर्माण नगरीकन पलायन गराउने, लगानी ध्वस्त बनाउने, यसप्रति साझा दृष्टिकोण नबनाउने र आफै तडपिएर कमजोर भएर जाने परिस्थितिको सृजना भएको छ।”

उनले २०६५ सालमा यातायात क्षेत्रको लागि सरकारले एउटा भाडा नीति बनाएको उल्लेख गरे। सोही नीतिको आधारमा गत असारसम्म भाडादर कायम भइरहेको उनले बताए। ७३ सालदेखि ०७८ सालसम्म आइपुग्दा बाग्मती प्रदेशमा ट्याक्सीको भाडा अहिलेसम्म समायोजन हुन नसकेको पनि उनले स्पष्ट पारे। उनले भने,”०७३ देखि ट्याक्सीको भाडा अहिलेसम्म समायोजन हुन सकेको छैन्।”

संघीय सरकारले गत असार २८ गते भाडा समायोजन गर्दा डिजेलको मुल्य प्रतिलिटर १०७ रुपैयाँ रहेको र तत्पश्चात पटक–पटक मुल्य बृद्धि भै हाल डिजेल प्रतिलिटर १३३ रुपैयाँ कायम भएको पनि उनले जानकारी दिए।

असार २८ गते पछि २७ रुपैयाँ पेट्रोलियम पदार्थको मुल्य बढेपनि आजसम्म भाडा समायोजन नगरेको उनले गुनासो पोखे। चैत्र १ गतेबाट आफु्हरुले आन्दोलन गर्ने, त्यसबाट पर्ने कठिनाई र जिम्मेवारी राज्यले लिन पर्ने उनले बताए। आजमात्रै सम्बन्धित मन्त्रालयमा गई मन्त्रीलाई ज्ञापनपत्र बुझाएर आएको उनले बताए।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com