सबैलाई पठाउनु होला

काठमाडौं –   नेपाली चलचित्रका अभिनेता महानायक राजेश हमालले काठमाडौं महानगरपालिकाको मेयर बन्ने इच्छा व्यक्त गरेका छन्।

देशको राजधानी भएको शहरलाई सौन्दर्यकरण गर्न र सफासुन्दर बनाउन कसैको ध्यान नपुगेको भन्दै उनमा मेयर बन्ने इच्छा जागेको हो।

महानगर नेतृत्वमा आउनेहरुले भाषणमा शहरलाई व्यवस्थित र नमूना बनाउने भने पनि व्यवहारमा भने काम नगरेको टिप्पणी गर्दै हमालले शहर सुन्दर बनाउन एकपटक आफूले मेयर बन्दा ठिक हुन्छ भन्ने लागेको उल्लेख गरेका छन्।

‘शहरलाई ब्युटीफाई गर्ने भन्ने कुरामा कसैको ध्यान गएन। भाषणमा भनिरहेका हुन्छन्। प्राक्टिकल्ली गर्न, सोंच नपुगेर हो कि ढंग नपुगेर हो ?’ उनले जिज्ञाशा राख्दै भनेका छन्, ‘एकचोटी काठमाडौं शहरको मेयर बन्नुपर्छ कि के हो? आखिर प्रयास नै सफलता हो।’

राजेश हमाल अफिसियल युट्युब च्यानलबाट सार्वजनिक ‘अ डे विथ राजेश हमाल’ भ्लगको ट्रेलरमा हमालले मेयरको चर्चा गरेका हुन्।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com