सबैलाई पठाउनु होला

काठमाडौं – २०७९ सालको ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा ७९ दलले भाग लिन पाउने भएका छन् ।

८० वटा दलले निर्वाचनका लागि निवेदन दिएका थिए, तर निर्वाचन आयोगको बिहीबार बसेको बैठकले ७९ वटा दलको निवेदनलाई स्वीकृत गरेको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को निवेदनलाई भने आयोगले अस्वीकृत गरेको छ ।

ऋषि कट्टेल नेतृत्वको यो दलको अध्यक्ष र उपाध्यक्षको विवाद आयोगमा रहेकाले दल दर्ताको निवेदन अस्वीकृत गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्माले बताए ।

आयोग स्रोतका अनुसार, ऋषि कट्टेललाई कारवाही गरेको भन्दै कार्यबाहक अध्यक्ष बनेका लोकनारायण सुवेदीले स्थानीय तह निर्वाचनमा भाग लिनका लागि निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएका थिए ।

त्यसलगत्तै कट्टेलले आफू आधिकारिक अध्यक्ष भएको र आफूले आयोगमा स्थानिय निर्वाचनमा भाग लिनका लागि निवेदन दर्ता नगरेकाले सुवेदीको पत्रले मान्यता पाउन नहुने भनी अर्को निवेदन दिए ।

तर नेपाल कम्युनिष्ट पार्टीको विधानमा कार्यबाहक अध्यक्षको व्यवस्था नभएको भन्दै आयोगले प्रश्न उठायो । अनि कट्टेलमाथि कारवाही गरेको भए त्यसको जानकारी समेत आफूले नपाएको भन्दै निर्वाचन आयोगले कट्टेलकै निवेदनलाई आधिकारिकता दिएको हो ।

आयोगका एक अधिकारीले भने, “कट्टेल नै आधिकारिक अध्यक्ष भन्ने देखियो । उहाँले दल दर्ताको निवेदन लिएर आउनुभएन । अनि आएको निवेदन समेत आधिकारिक नभएको बताएपछि त्यो दलले स्थानीय तह निर्वाचनमा आफूलाई दर्ता गरेन, दर्ता नगरेपछि कसरी निर्वाचनमा भाग लिनु ?”

हेर्नुहोस् निर्वाचनमा भाग लिने दलहरुको सूची-

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com