सबैलाई पठाउनु होला

ललितपुरको सातदोबाटेनजिकै चापागाउँ दोबाटोबाट रिङ्रोड बाहिरिने सडक सुरु हुन्छ । उक्त सडकको करिब दुई किलोमिटर क्षेत्र फराकिलो र चिल्लो पारिएको छ । ढोलाहिटी हुँदै सुनाकोठी चोकसम्म सडक कालोपत्रे भएको छ । जब सुनाकोठीको गेट आउँछ, त्यहाँबाट दक्षिण तर्फको सडकको अवस्था बेहाल छ ।

सदकभरि खाल्डाखुल्डी मात्रै छन् । त्यहि सडकमा सवारीसाधन गुड्दा आपसमा निसासिने गरी धुलो उडिरहन्छ । अत्यधिक धुलोका कारण सुनाकोठी र ठेचोका स्थानीयले पसलका स्तर बन्द गरेर बसेका छन् । धुलो र खाल्डाखुल्डका कारण सडकमा पैदल समेत हिंड्न सकिने अवस्था छैन । सुनाकोठी, ठेचो हुँदै चापागाउँ प्रहरी वृत्तसम्म सडक भत्किएको छ । साँघुरो सडकमा खाल्डाखुल्डी मात्रै छन् ।

तर, प्रधानमन्त्री शेरबहादुर देउवा गोदावरी नगरपालिकाको भवन उद्घाटन गर्न जाने भएपछी गोदावरी नगरपालिकानजिकैको भित्री सडक भने गएराति कालोपत्रे गरिएको छ . प्रधानमन्त्री त्यहाँ आउने भएपछि रातारात सडक कालोपत्रे गरिएको हो ।

‘प्रधानमन्त्री नगरपालिकाको भवन उद्घाटनमा आउने भएपछी रातारात नगरपालिकाले पुरा गरेको थिएन,’ सुनाकोठीका राकेश महर्जनले भने ।

ललितपुर महानगरपालिका-२७  वडाका वडाध्यक्ष बाबुराज महर्जनले सडक फराकिलो पार्ने र कालोपत्रे गर्ने  योजनामा माथिल्लो निकायले चासो नदिंदा समस्या हुँदै आएको बताए । उनले प्रधानमन्त्रीको अचानक त्यस क्षेत्रमा आगमन हुने भएपछि भत्किएको र खाल्डाखुल्डी सडकलाई केहि मर्मत गरिएको बताए ।

 

सडकको ठुला खाल्डाहरु पुरिएको छ । कतिपय ठाउँमा कालोपत्रे गरिएको छ । ‘वडा कार्यालय अगाडिको सडक बेहाल छ । मैले चार वर्षदेखि चारेरा पनि उक्त सडक बनाउन सकिनँ,’ उनले भने, ‘माथिल्लो तहका नेतालाई त नटेर्ने ठेकेदारले वडाध्यक्षलाई कहाँ टेर्थे ?’ उनले प्रधानमन्त्री आउने भएपछी सुनाकोठी देखि बज्रबाराही सम्मको सडक सहज बनाएको बताए ।

 

गोदावरी नगरपालिकाको नवनिर्मित बवन बज्रबाराहीमा पर्छ । सो क्षेत्रमा चापागाउँ क्षेत्र हुँदै त्यहि खाल्डाखुल्डी परेको सडकबाट प्रधानमन्त्री प्रस्थान गर्नेछन् । तर, प्रधानमन्त्रीको सवारी हुने भएपछि उक्त सडक गएराति केहि मर्मत गरिएको छ ।

 

सुनाकोठीदेखि ठेचोसम्म ग्राभेल बिछ्याइएको छ । चापागाउँ क्षेत्रमा पनि भत्किएको र खाल्डाखुल्डी परेको सडकमा माटो राखेर सम्मो पारिएको छ । मुख्य सडकमा खाल्डाखुल्डी भएपछित्यसलाई हतारहतार ढाकछोप गर्न गोदावरीले गएराति डोजर प्रयोग गरेको थियो । नगरपालिकाले चापागाउँ हुँदै बज्रबाराही जाने भित्री करिब डेढ किलोमिटर सडक भने गएराती कालोपत्रे गरेको छ ।

दिउँसो करिब ३ बजे प्रधानमन्त्री त्यस क्षेत्रमा पुग्ने कार्यक्रम रहेको ललितपुर प्रहरीले जनाएको छ । प्रधानमन्त्रीको आगमन हुने भएकोले गोदावरी क्षेत्रको केहि सडक रातारात कालोपत्रे भएको महानगरीय प्रहरी वृत्त चापागाउँका डीएसपी द्वारिका घिमिरेले जानकारी दिए । उनका अनुसार प्रधानमन्त्री त्यस क्षेत्रमा पुगेर भवन उद्घाटन गरेर फर्कनेछन् । प्रधानमन्त्री पुग्ने भएपछी चापागाउँ क्षेत्रको सुरक्षा अवस्था पनि कडा पारिएको ललितपुर प्रहरीले जनाएको छ . सुनाकोठी-ठेचो-चापागाउँ सडक बिग्रिएको चार वर्ष बित्यो । खाल्डाखुल्डी, हिलाम्मे र धुलाम्मे हुँदा पनि यो सडक सरकारी निकायले व्यवस्थित गर्न चासो दिएका छैनन् । उपत्यकालाई हेटौंडासँग जोड्ने कान्तिलोकपथ पनि यहि सदकखण्ड भित्र पर्छ ।

यहि सडक हुँदै हेटौडा जोडिने कान्तिलोकपथ सडक निर्माण कार्य भैरहेको छ । तर, मुख्य बस्ती र सहरी क्षेत्रमा भने सडक निकै साँगुरो छ । ठेकेदार कै कमजोरीले जनघनत्व बढी भएको क्षेत्रको सडक बेहाल अवस्थामा रहेको ठेचो-चापागाउँ सडक संघर्ष समितिका संयोजक शेखर न्यौपानेले बताए । उनका अनुसार सडक बिग्रिएपछि ओहोरदोहोरमा निकै समस्या हुने गरेको छ । त्यस्तै, सडक साँगुरो हुँदा बिहान र बेलुकी कार्यालय समयमा ट्राफिक जाम हुने गरेको छ ।

सुनाकोठी-ठेचो-चापागाउँ सडक बनाउने जिम्मा काठमान्डौ उपत्याका सडक विस्तार आयोजनाको हो । आयोजनाले ढोलाहिटी-सुनाकोठी-चापागाउँ सडक दुई खण्ड विभानन गरेर यो सडक निर्माण गर्न ठेकेदार कम्पनीलाई ठेक्का लगाएको थियो ।

तर, दुईवर्षको अवधिमा सक्ने गरी ०७३ मा ठेक्का दिईएको ठेक्का अझै सकिएको छैन । सडकखण्ड मर्मत र कालोपत्रेको जिम्मेवारी पाएको दिवा/शैलुंग  जेभी र कन्टेक प्रालिले सडक मर्मत गर्न अटेर गर्दै आइरहेको छ ।

गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनका अनुसार उक्त सडक ०७५ कार्तिक मसान्तभित्र निर्माण सम्पन्न भैसक्नुपर्ने हो । तर, ठेकेदार कम्पनले स्थानीय जनप्रतिनिधिलाई समेत अटेर गरेको मेयर महर्जनले बताए । ‘यो क्षेत्रमा घर भत्काएर सडक फराकिलो पार्नुपर्ने हुन्छ, त्यो चाहिं अफ्ठेरो काम हो,’ उनले भने, ‘तर, ठेकेदारले सामान्य कालोपत्रे गर्ने कार्यलाई समेत आलटाल गर्दा जनप्रतिनिधिले गाली खानुपर्यो ।’

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com