सबैलाई पठाउनु होला

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी माओवादीका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले प्रकाश सपुतकाे गीत पिरकाे विषयमा विराेध गर्नु कुनै आवश्यक नरहेकाे वताएका छन् । उहाँले आज फेसबुकमा लेख्दै भनेका छन् प्रकाश सपुतबारे: धेरै विरोध गर्नुपर्ने जस्तो लाग्दैन, पक्षविपक्ष हुन सक्छ, गीतलाई सहज रुपमा हेर्नुपर्छ

गायक प्रकास सपुतले जनयुद्धमा लडेका पुर्व लडाकुहरूकाे वेथा , अवस्था र दुखलाई समेटेर १६ मिनेटकाे पिर नामक गीत सार्वजनिक गरेका थिए जसलाई लिएर अहिले सामाजिक संजालमा चर्चा परिचर्चा चलिरहेकाे छ ।

गीतले माओवादी लडाकु हरुको पीरलाई प्रतिबिम्बित गरेको र पार्टीले र सरकारले पनि देशको लोकतान्त्रिक  गणतन्त्र स्थापनाको लागि योगदान दिने नागरिकहरुलाई सहयोग गर्न नसकेको बिषयमा प्रकाश पारेर बनाइएको म्युजिक भिडियोले प्रतिबिम्बित गर्न खोजेको देखिन्छ । त्यसको लागि बिरोध गर्नुको सट्टा उनीहरुको बिचलित मनका पीरहरुमा आत्मसाथ गर्नु पर्ने कुरा प्रचण्डले ब्यक्त गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com