सबैलाई पठाउनु होला

काठमाडौं – साउदी अरेबियाका परराष्ट्र मन्त्री एवम् राजकुमार फैसल विन फरहान अल साउद आज नेपाल आउँदैछन्। दुई दिने भ्रमणका लागि उनी आज श्रीलंका हुँदै नेपाल आउन लागेका हुन्। राजकुमार फैसल आइतवार श्रीलंकाको राजधानी कोलम्बो पुगेका थिए।

दुई दिने नेपाल बसाइका क्रममा राजकुमार साउदले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री नारायण खड्कासँग भेट गर्दैछन्। मंगलवार दुई देशका मन्त्रालयका अधिकारीसहित द्वीपक्षीय भेटवार्ता हुने कार्यक्रम रहेको छ। सो क्रममा ‘जनरल कोअपरेशन अग्रिमेन्ट’ हस्ताक्षर हुने बताइएको छ।

उनको भ्रमणका क्रममा द्वीपक्षीय छलफलका लागि सरकारले परराष्ट्र मन्त्री खड्काको नेतृत्वमा प्रतिनिधि टोली गठन गर्ने निर्णय गरेको थियो।

‘जनरल कोअपरेशन अग्रिमेन्ट’को मस्यौदालाई मन्त्रिपरिषदले स्वीकृती प्रदान गरिसकेको छ। सो अग्रिमेन्टमा हस्ताक्षर गर्न अख्तियारीसमेत मन्त्रिपरिषदले प्रदान गरेको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com