सबैलाई पठाउनु होला

काठमाडौँ — स्थानीय तहको चुनावको मिति नजिकिँदै गर्दा दलहरूबीच चुनावी तालमेलको चर्चा चल्न थालेको छ । कतिपय जिल्लामा त पार्टीको निर्णयबिना नै स्थानीय स्तरमा नेताहरुबीच गठबन्धनको विषयमा समझदारी समेत बनिसकेको अवस्था रहेको छ ।

यसपटक मुख्यतः गठबन्धनको नेतृत्वमा रहेको दल नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन दलहरूलाई चुनावी गठबन्धन गर्ने आश्वासन दिइसकेका छन् । सत्तारुढ चार दलीय गठबन्धनबीच चुनावी तालमेल हुन्छ वा हुँदैन भन्ने चासो  कयमै छ ।

तर, कांग्रेस नेता मिनेन्द्र रिजालले गठबन्धन गर्न दुई वटा अफ्ठयारा औंल्याएका छन् । रिजालले बुधबार सामाजिक सञ्जालमार्फत् चुनावी गठबन्धन गर्नेबारे दुई वटा अफ्ठ्यारा रहेको भन्दै तालमेल गर्न नहुने तर्क गरेका  हुन  ।

रिजालका अनुसार चुनावी गठबन्धनका लागि दुई अफ्ठयारामध्ये पहिलो हो– पहिले कहिल्यै पनि मत नदिएकाले पहिलो पटक रूखमा मत दिँदैनन् । र  सधैँ रूखमा मत दिनेले अरू तिर दिने   सम्भाबना रहेको छ ।

त्यस्तै, रिजालले औंल्याएको दोस्रो अफ्ठयारो हो– महानगर बाहेक स्थानीय तहको टिकटको निर्णय स्थानीय तहमै हुने विधानको व्यवस्थाका कारणले पनि केन्द्रीय समितिले निर्णय गरेर गठबन्धन गर्न मिल्दैन । नेता रिजालले यस्तै दुई कारण देखाउँदै कांग्रेसले केन्द्रबाटै गठबन्धन बनाउने निर्णय गर्न नसकिने बताएका  छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com