काठ्माण्डाै – आज होली पर्ब । होली, प्राचीन चाडहरु मध्येको एक मानिन्छ। यसलाई सुरुवाती दिनहरुमा ‘होलीका’ भनेर पनि चिनिन्थ्यो। धेरै नै हर्षोल्लासका साथ मनाउँदै आइरहेको यो चाडमा हाम्रो समुदायमा होली खेल्ने तरीका ठाउंअनुसार फरक छ। तर यो संग जोडिएको रंगसंगको अनुभूति भने सबैमा एकै खालको छ। हामी सम्म आईपुग्दाको यो होलीको ‘मोर्डन’ रुप भने मथुराबाट भगवान् श्री कृष्णले चलाएका हुन् भन्ने सुनिन्छ।
हाम्रो देशमा होली सुरुवात् कैले देखि भयो भन्ने कुराको ठ्याक्कै मिति भने आज सम्म पनि अज्ञात नै रहेको छ। धार्मीक-बुद्धिजीवीका कुरा अनुसार यो आर्यन समुदायले भित्राएका हुन् भनिन्छ। बृहत् जानकारीको लागि त कथक-गृह-सुत्र अनि जयमिनीको पूर्वमिम्सा-सुत्र जस्ता धार्मीक ग्रन्थहरू पल्टाउनुको विकल्प छैन। होलीका बारेमा धेरै कुरा लेखिएका ग्रन्थहरू मा बेद र पुरणहरु पनि पर्छन्। जस्तै – नारद पुराण, भबिष्य पुराण आदि। भारतको रामघरमा उत्खननका बेला पाईएको ३०० ईशा पूर्वको ढुंगामा कुँदिएको बखानमा सुद्दा होलीको महातमका कुरा उठाईएको छ। त्यसैगरी, राजा हर्षरत्नावली (भारत) का बारेमा ७ औं सताब्दीतिर लेखिएको ग्रन्थमा पनि होली त्यसै उदाएको चाड होइन भन्ने कुराको व्याख्या पाईन्छ।

तर २०४६ साल भन्दा अगाडी मध्य पहाडी क्षेत्रमा होली पर्वको रुपमा भन्दा पनि यस पर्बलाई फागु पर्वको रुपमा मान्द थे। त्यस ताका मानिसहरु समुहमा भेला भएर मादल र मुजुरा लिएर घर-घरमा गै फागुको गित गएर फागुको दक्षिणा लिने चलन थियो। प्रत्येक घरका मानिसहरुले आफ्नो गच्छे अनुसार चामल, धान, कोदो र पैसा थाल र सुपोमा राखी त्यस माथि बत्ति बालेर बाहिर फागु को गित गाउदै गरेका समुहको अगाडी ल्याएर राख्ने चलन थियो। यसरी खुसीका साथ् फागु खेल्न आउने हरुलाई दान दिंदा पुण्य मिल्छ भन्ने जनविश्वास थियो। भारतमा लामो समयसम्म बसेर वा काम गरेर आउनेहरुले भने रंग मिसाएको पानीले छ्याप्ने काम पनि गर्थे। त्यसपछि का दिनहरुमा अबिर लगाएत विभिन्न रंगहरु समेत जबर्जस्ति पोत्ने चलन बढेर आयो। यसरी रंग पोत्ने खेल बिशेष गरि युवा युवती हरुले खेल्न थाले। बढो रमाइलो र यौन उत्तेजित तरिकाले युवाहरुले युवती हरुलाई समाएर रंग पोतिदिने चलनबाट नेपालमा आज बिदेशी पर्ब होली भारत बाट नेपालमा प्रवेश भै भब्य रुपमा मनाउन थालिएको छ. तर नेपालमा पहिले देखि मनाउंदै आएको फागु पर्ब भने गुमनाम भएको छ।
यसरी भारतबाट क्रमश भित्रिएको चाड होली पर्ब नेपाली युवा-युवतीका माझ प्रिय बन्दै गएको छ। अरु समय युवा युबतिको एक आपसमा नजिकबाट छोइन पनि असजिलो मानिने नेपाली समाजमा यो होली पर्बले युबा-युवती हरुलाई रंग-खेल्ने निहुँमा एक-आपसमा संबेदनशील अंगमा समेत छुन पाउने अवसर प्राप्त गराएकोले यो पर्ब युवा माझ आकर्षक पर्वको रुपमा परिचित भएको छ। विभिन्न ठाउहरुमा स्टेज कार्यक्रम राखेर गाउँदै बजाउंदै अनि एक-आपसमा रंग पोत्दै होली पर्ब मनाउने काम हर्षोल्लासका साथ् हुन थालेको छ।
होली पर्वको निहुँमा अनेक थरिका रंगहरु अनुहारमा दलेर युवाहरु सहरका गल्लीहरुमा हातमा रंगका पोकाहरु र रंग मिसाइएको पानी भरेको बेलुनका पोकाहरु समेत लिएर बस्ने वा गाडी नै लिएर पनि हिंड्ने गरेका विकृतिका दृश्यहरु समेत देख्न सकिन्छ। यसरी होली को नाममा सहरका गल्लि गल्लीहरुमा पानि भरिएको बेलुनको पोकाले हान्दा बिगतका बर्षहरुमा महिला र केटाकेटीहरुको मृत्यु समेत भएको समाचार हरु देख्न र सुन्नुपरेको थियो।
पर्बको निहुँमा हुने विकृतिलाई रोक्न र त्यसबाट हुने अपराधलाई न्यूनीकरण गर्न देशका प्रमुख सहरहरुमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयले केही सर्तहरुमा बन्देज लगाएको पनि छ।
यसै क्रममा जिल्ला प्रशासन कार्यालय, भक्तपुरले होली पर्वका नाममा जथाभावीरुपमा गैरकानूनी कार्य गर्नेलाई पक्राउ गरी कारबाही गर्न निर्देशन दिएको छ। जिल्ला प्रशासन कार्यालयले सार्वजनिक अपील जारी गरी कसैको इच्छाविपरीत रङ नदल्न आग्रह गरेको छ।
कसैको इच्छाविपरीत फोहोर पानी फाल्ने, केमिकलसहितको रङ दल्ने, प्लास्टिकजन्य लोला हान्ने, रासायनिक पदार्थ छ्याप्ने, बाटोमा हिड्ने व्यक्तिलाई अनावश्यक दुःख दिने, बाटो अवरोध गरी सवारी साधनबाट रकम असुल्ने, यातायात आवागमनमा अवरोध गर्ने व्यक्तिलाई कारबाही गरिने प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताइन्।
उनले जारी गरेको सार्वजनिक अपीलमा कानूनले बन्देज लगाएका क्रियाकलाप नगर्न अनुरोध गरेकी छन्। यस्ता कार्य गरेमा कानूनबमोजिम कारबाही गरिने प्रजिअ शर्माले बताइन्।
सांस्कृतिक पर्व होली मनाउने क्रममा व्यक्तिको धार्मिक तथा सांस्कृतिक मूल्य मान्यतामा आँच आउने कुनै पनि कार्य नगर्न पनि शर्मा आह्वान गरेकी छन्।
उनले ऐतिहासिक जिल्ला भक्तपुरमा होली मनाउँदा आ-आफ्नो धार्मिक, सांस्कृतिक, सामाजिक परम्पराको संरक्षण, सम्वरद्धन र प्रवरद्धन गरी सभ्य, भव्य तथा सुसंस्कृतिरुपमा मनाउन आह्वान गरेकी छन्।
त्यस्तै होली-पर्वको शुभकामनाको साथ् अवान्छित क्रियाकलाप नगर्नका लागि सुचित गर्दै जिल्ला प्रशासन कार्यालय काठमाण्डौले पनि सुचना जारि गरेको छ।

यसै गरि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले कोरोना भाइरस संक्रमणको जोखिम बढेको भन्दै नजिकिँदै गरेको होली पर्व नखेल्न आग्रह गरेको छ ।
जिल्ला प्रशासन कार्यालयले मंगलवार जारी गरेको सूचनामा निकट रहेको फागू पूर्णिमा (होली) लगायत कुनै पनि मेला, पर्व, महोत्सव, जात्रा आदिमा भीडभाड गर्न, मानिसहरू भेला जुलुस गर्न नपाइने उल्लेख गरिएको छ ।
त्यस्तै जिल्ला प्रशासन कार्यालय पाेखराले पनि होली पर्वको बहानामा जथाभाबी लोला हान्ने, अनिच्छित व्यक्तिलाई रंग पोतिदिने कार्य नगर्न र गरेको पाएमा कारवाही गर्ने सुचना समेत जारि गरेको छ ।

अन्तमा जे जस्तो घटनाक्रमबाट गुज्रिएर आएको भएपनि यस पर्ब होलीलाई आफन्तजन र साथीभाई हरुमा खुसी साटासाटको पर्वको रुपमा मर्यादित ढंगले मनाउन आग्रह गर्दै यस गुनासो चौतारी मिडिया प्रालिको तर्फबाट सम्पूर्ण नेपालीजनहरुमा यो होली पर्ब अर्थात् फागु पर्वको उपलक्षमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौ ।

