सबैलाई पठाउनु होला

 स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले ल्याएको आचारसंहितालाई लिएर प्रमुख प्रतिपक्षी नेकपा (एमाले) असन्तुष्टि जनाएको छ । एमालेका उपमहासचिव विष्णु रिमालले  निश्चित राजनीतिक दललाई लक्षित गरेर आचारसंहिता तयार पारिएको भन्दै असन्तुष्टि जनाएका हुन् ।

 निर्वाचन आचारसंहितामा जनप्रतिनिधिलाई राजीनामा गर्नुपर्ने व्यवस्था राख्नेबारे आयोगले सर्वदलीय बैठकमा कुनै कुरा नराखेको रिमालले बताए । आयोगले निर्वाचनमा उम्मेदवार हुनु पहिल्यै स्थानीय तहका जनप्रतिनिधिले राजीनामा दिनुपर्ने व्यवस्थाप्रति एमालेले असन्तुष्टि जनाएको हो ।
‘सर्वदलीय बैठकमा पनि जनप्रतिनिधिले राजीनामा गर्ने र गराउने भन्ने विषय उठेको थिएन । जनप्रतिनिधिले काम गर्दा निर्वाचनमा प्रभाव पर्ने काम निलम्बन गर्ने हो तर पहिल्यै राजीनामा गर्न भएन,’ उनले भने, ‘स्थानीय तह जनप्रतिधिधिविहीन बनाउन हुन्न भन्ने आयोगले दुई महिनाअगावै राजीनामा गराएर मेयरले गर्ने काम कर्मचारीलाई गराउन लागेको हो ?’

एकातिर जनप्रतिनिधिविहीन स्थानीय तह हुँदैन भन्ने निर्वाचन आयोगले अर्कोतिर २ महिना पहिल्यै राजीनामा गर्नुपर्ने कुरामा विरोधाभाष रहेको रिमालको भनाइ थियो । ‘एमालेले यसअघि बढी स्थानीय तह जितेको छ भनेर पूर्वाग्रह स्वरुप यी कुरा राखियो । उनले एमालेले धेरै स्थानीय तह जितेकाले आचारसंहितामा त्यस्तो कुरा उल्लेख गरिएको दाबी गरे । दल हेरेर आचारसंहिता तयार गर्ने होइन,’ उनले भने ।

रिमालले सामाजिक सञ्जालमा पनि आयोगको आचारसंहिताको विषयलाई लिएर आयोगप्रति प्रश्न उठाएका छन् । उनले लेखेका छन्, निर्वाचनमा जाँदा पदको दुरुपयोग नहोस्, सोच्नु पर्ला । तर यसलाई देखाएर काम नै रोक्नु कसरी ठीक हुन्छ ?’  ‘प्रधानमन्त्रीले चुनाव लड्दा पद खाली गर्नु पर्दैन । स्थानीय तहका “प्रधानमन्त्री” पालिका अध्यक्ष वा मेयरहरूले चाहिँ चुनावमा जानुअघि पद खाली गरी जनतालाई दिनुपर्ने सेवा नै बन्द गर्नु पर्ने किन ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com