सबैलाई पठाउनु होला

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले आगामी जेठ १६ गतेदेखि कक्षा १२ को परीक्षा सञ्चालन गर्ने भएको छ । आज बसेको बोर्डको बैठकले जेठ १६ गतेदेखि गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए ।

उनले भने ‘आज बसेको बैठकले जेठ १६ गतेदेखि परीक्षा सञ्चालन गर्ने निर्णय गरेका छौं । त्यसका लागि समय तालिका सार्वजनिक गर्ने तयारी गरिरहेका छौं ।’ यस अघि जेठ १८ गतेदेखि हुने भनिए पनि आज बसेको बोेर्डको बैठकले १६ गतेदेखि गर्ने निर्णय गरेको हो ।

बोर्डले यस वर्ष पनि कक्षा १२ को प्रश्नपत्र भने अनलाइनबाट नै पठाउने तयारी गरेको छ । कोभिड १९ को कारण बोर्डले गत वर्षदेखि प्रश्नपत्र प्रकाशन गर्न छोडेको हो । गत वर्ष अनलाइनबाट प्रश्नपत्र पठाउँदा भएको समस्या सुधार्दै प्रश्न पत्र पठाउने तयारी गरेको बोर्डले जनाएको छ ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार करिब ४ लाख विद्यार्थीले यस वर्ष कक्षा १२ को परीक्षा दिनेछन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com