सबैलाई पठाउनु होला

कालीकोट –  सर्ने खालका रोगको उपचार गर्ने उद्देश्यले आइतबारदेखि अस्पताल सञ्चालनमा ल्याइएको  छ ।  कालीकोट   जिल्लाको खाडाँचक्र नगरपालिका–१ स्थित मान्ममा सरुवा रोग अस्पताल सञ्चालनमा आएको  हो । उक्त अस्पतालमा  क्षयरोग, कोभिड–१९ , कालाजार, मलेरिया, एचआइभी÷एड्स  र सर्ने खालको श्वासप्रश्वाससम्बन्धी रोगको उपचार गरिने स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा रत्नवीर सुनारले बताए ।

अहिले १५ शय्याको अस्पताललाई भविष्यमा ५० शय्या पुर्याउने लक्ष्य रहेको छ  । यसअघि कोभिड–१९का  सङ्क्रमितलाई उपचारका लागि प्रयोगमा ल्याइएको प्रमुख डा.सुनारको  भनाइ थियो । “सर्ने सबै प्रकारका रोगको उपचार सेवा यही अस्पतालबाट प्रदान गरिनेछ,” उनले भने, “जिल्लामा पहिलेदेखि सरुवा रोग अस्पतालको माग भएकामा  आइतबारदेखि नियमित सञ्चालनमा आएको छ ।”

अस्पताल सञ्चालन आएपछि कालीकोट, जुम्ला, हुम्ला, मुगु, अछाम, दैलेख र बाजुराका सेवाग्राहीले सहज रुपमा सेवा लिन सक्ने भएका छन् ।  उक्त अस्पतालमा २१ जनशक्तिको दरबन्दीमध्ये वरिष्ठ जनरल फिजिसियन एक, मेडिकल अधिकृत एक, हाउस किपर एक, फार्मेसी सहायक एकजनालगायत कर्मचारी रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com