सबैलाई पठाउनु होला

प्रहरी प्रधान कार्यालयले चैत ६ देखि ११ गतेसम्म म्यादी प्रहरीको भर्ना खोलेको छ।स्थानीय निकायको निर्वाचनका लागि एक दिनमा ३० हजार आवेदन परेको छ।भर्ना खुल्ला गरिएको पहिलो दिन आइतबार ३० हजार २९९ आवेदन परेको प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विष्णुकुमार केसीले बताए।

म्यादी प्रहरीका लागि १८ देखि ५४ वर्ष उमेर भएकाले निवेदन दिन पाउँछन्। म्यादी छनोटमा पूर्वप्रहरी, पूर्वसैनिकलगायत राष्ट्रिय अन्तर्राष्ट्रिय फौजी संगठनमा काम गरेका व्यक्तिहरूलाई पहिलो प्राथमिकतामा राखिएको छ। प्रधान कार्यालयले एक लाख जना म्यादी प्रहरी भर्ना गर्ने अनुमति पाएको छ। म्यादी प्रहरी भर्नाका लागि हरेक जिल्ला प्रहरी कार्यालयमा आवेदन दिन पाउने व्यवस्था गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com