काठमाडौँ : सोमबार कान्तिपुर मिडिया ग्रुपद्वारा आयोजित एजुकेसन समिटमा आफ्ना विचार राख्दै उनले संसद्का समितिहरूले निकालेको तथ्यांकअनुसार शिक्षक थप्नु पर्ने देखिए पनि तलब दिनुपर्ने भनेर सरकारले थप्न नचाहेको बताए । कांग्रेस महामन्त्री गगनकुमार थापाले देशभर ५० हजार शिक्षकको माग रहे पनि सरकारले थप्न नचाहेको बताएका छन् ।
विश्वविद्यालयमा हुने गरेको भागबन्डालाई निमिट्यान्न पार्न ऐनबाट सकिने थापाले बताए । विद्यालय व्यवस्थापन कस्तो बनाउने, समुदायको भूमिका कस्तो हुने, कस्तो हेडमास्टर राख्ने, संघ र स्थानीय सरकारले कस्तो सहयोग गर्ने भन्नेबारे नीति भएको उनले बताए ।
विद्यालयलाई राजनीतिबाट अलग राखेर तिनले राम्रो काम गरेका उदाहरण पनि भएको थापाको भनाइ छ । सामुदायिक विद्यालयका ९० प्रतिशतभन्दा बढी प्रधानाध्यापकहरु राम्रै रूपले चेतनशील र राजनीतिक दलसँग आबद्ध भएको उनले बताए ।

