सबैलाई पठाउनु होला

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको ५५औं वार्षिक साधारण सभा चैत ३० गते हुने भएको छ । सभा बिहान ११ बजे शुरु हुने जानकारी दिएको हो । सभाले आव २०७७/७८ को नाफाबाट प्रस्तावित १० प्रतिशत बोनस शेयर र शून्य दशमलव ५० प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै सभाले आव २०७८/७९ को लागि लेखापरिक्षकको नियुक्ती गर्ने प्रस्ताव पनि पारित गर्नेछ । उक्त साधारण सभा र लाभांश वितरण प्रयोजनको चैत १५ गते देखि ३० गते सम्म बुक क्लोज गर्ने जानकारी गराएको छ ।

यस आधारमा चैत १४ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् । कम्पनीको चैत ६ गते बसेको सञ्चालक समितीको बैठकले साधारण सभा गर्ने निर्णय गरेको नेप्से मार्फत जानकारी गराएको हो ।

हेर्नुहाेस् तल सूचनाः 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com