सबैलाई पठाउनु होला

परराष्ट्र मन्त्री नारायण खड्का र नेपाल भ्रमणमा रहेका चिनियाँ विदेश मन्त्री वाङ यीबीच भेटवार्ता भएको छ।

उनीहरूबीच सिंहदरबारमा भेटवार्ता जारी रहेको छ। दुवै देशको हितका विषयमा छलफल चलिरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

तीन दिने नेपाल भ्रमणमा रहेका चिनियाँ विदेश मन्त्री यी शुक्रबार भारतको नयाँ दिल्लीबाट काठमाडौं आएका थिए। उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल लगायतका नेतालाई भेट्न कार्यक्रम रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com