सबैलाई पठाउनु होला

नेकपा (एमाले)का नेता तथा पूर्व कृषि राज्यमन्त्री ओमप्रकाश यादव जनता समाजवादी पार्टी  (जसपा)मा प्रवेश गरेका छन् ।

जसपा जिल्ला समन्वय समिति, रुपन्देहीले आइतबार मायादेवी गाउँपालिका–४ स्थित सेमरीमा आयोजना गरेको जनसभा तथा पार्टी प्रवेश कार्यक्रममा एमाले परित्याग गर्दै उनी जसपामा प्रवेश गरेका हुन् ।

उनले पार्टी प्रवेशसँगै आफू पार्टीको हितका लागि डटेर लाग्ने बताएका छन्  । एमालेमा रहुन्जेल गरेका कामको समिक्षा पार्टीले नगरेको  गुनासो  उनको  रहेको  थियो ।

उनलाई जसपाका केन्द्रीय अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले पार्टीमा स्वागत गरेको छ ।  कार्यक्रममा बोल्दै अध्यक्ष यादवले जसपाले मात्रै मुलुक र जनताको पक्षमा काम गर्न सक्ने बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com