सबैलाई पठाउनु होला

रोल्पामा झन्डै ६ करोड लगानीमा टावर निर्माण गरिएको छ।

रोल्पा नगरपालिकाको लगानीमा वडा नम्बर ३ सातदोबाटोको डाँडोमा टावर निर्माण गरिएको हो र देश भरी येस्तै प्रकार को अना आबस्यक भ्यू टावर निर्माण भएका छन् भ्यू टावर निर्माण गर्न १७ अर्ब बिनियोजन नै भयको रहेछ,

भ्यू टावर आबस्यक कि प्राथामिकता ? देशमा बेरोजगारको समस्याको भुमरीमा परिरहेको बेला, यूवाहरु रोजगार नभयर खाडी लगायत अन्य मुलिक पलाइन भएका छन् तर रोजगारमा लगानी उद्ध्यमशिलतामा लगानी नगरी ठेकदार सेटिंग गर्ने दलालहरुको माग अनुसार यस्ता कार्य हुने गर्छन  ।

टावरको  उद्घाटन हुने कार्य जारि छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड हेलिकोप्टर चढेर यो टावर उद्घाटन गर्न आउँदैछन्।

रोल्पा नगरपालिकाका मेयर पूर्ण केसीले प्रचण्डले आज टावर उद्घाटन गर्ने बताए। त्यसपछि प्रचण्डले सभालाई सम्बोधन गर्ने कार्यक्रम छ।

०७६ भदौ ७ गते तत्कालीन अर्थमन्त्री बर्षमान पुनले टावरको शिलान्यास गरेका थिए। ‘जनयुद्ध’ स्मृति टावर निर्माण गर्न पाँच करोड ७१ लाखमा टेन्डर आह्वान भएको मेयर केसीले बताए।

नगरपालिकाको लगानीमा निर्माण भएको टावरको अगाडि ०५२ फागुन १ गते ‘जनयुद्ध’ सुरु हुँदा सार्वजनिक पहिलो पोष्टरबाट दुई वटा शालिक निर्माण गरिएका छन्।

रोल्पाभर सहादत प्राप्त गरेका ७६२ र राज्य पक्षबाट बेपत्ता पारिएका थप १६५ गरी कूल ९४६ जनाको स्मृतिमा टावर नजिकै अर्को शालिक निर्माण उनले बताए।

‘रोल्पा जनयुद्धको उद्गम स्थल हो र जनयुद्ध स्मृति टावरले युद्ध पर्यटनको विकासमा मद्दत गर्न सक्छ भन्ने हाम्रो बुझाइ छ,

पहाडको डाँडोमा किन टावर चाहियो भनेर आलोचना हुने गरेको प्रश्नमा उनले भने, ‘यो टावर नगरपालिकाको आयआर्जनको माध्यम बन्न सक्छ। मासिक दुई लाख आउने गरी टेन्डर आह्वान गरेर व्यवस्थापन गर्न लागिएको छ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com