काठ्माण्डौ -२०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर युग पुरुष तथा नेपाली कांग्रेसका महान नेता स्व. गणेशमान सिंह की बुहारी सृजना सिंहलाई स्थानीयनिर्वाचनमा काठ्माण्डौबाट मेयर पदमा उठ्न महिलाहरुले हौसला दिएका छन् । कांग्रेस नेतृ सृजना पूर्व उपप्रधानमन्त्री तथा कांग्रेसका प्रभावशाली नेता प्रकाश मान सिंहकी धर्म पत्नी पनि हुन् ।
निर्वाचित जिल्ला सदस्य जानुका भण्डारी काठमाडौं नगरपालिका वडा न ६ को वडा अध्यक्ष पदकालागि उम्मेदवारी दिने तयारीमा छिन् । नेतृ भण्डीरी लगायत महिला संघकी सभापति विष्णु देवी पुडासैनी,प्राध्यापक डा.अमिता प्रधान शाक्य , नेपाली कांग्रेस जिल्ला सदस्य तारा केसीको उपस्थिति रहेको थियो ।
नेतृ सृजना सिंहले महिलाहरुलाई संवोधनका क्रममा श्रीमान राजनितिमा भएकाले श्रीमतीलाई राजनिति गर्न धेरै गार्हो भएको बताएकी छन् । शैक्षिक रुपले र राजनैतिक रुपले आफु परिपक्क भएको जिकिर गर्दै ससुरा र श्रीमानको नामसंगै जोडेर नकारात्मक रुपले टिप्पणी भएकोप्रति दुख व्यक्त गर्नुभएको हो ।
नेतृ सृजनाले अर्को प्रसंगमा भन्नुभयो, ‘श्रीमान र श्रीमाती इन्जीनियर हुँदा हामीलाई आहा कस्तो राम्रो जोड़ी भन्थे तर राजनितीमा भने श्रीमानश्रीमती संगै राजनिति गर्न नहुने पुरानो सोच यो समाजमा हाबी भएको छ ।’
महाधिवेशनमा प्रकाश मानको श्रीमती पनि राजनितीमा आइन भनेर ग़लत तरिकाले व्याख्या भएको प्रति मन दुखेको समेत नेतृ सृजनाले बताउनु भयो । नेतृ सृजना सिंहले समाजशास्त्रमा स्नातकोत्तर अध्ययन पुरा गरेकीछिन् ।

