आज नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा सम्माननीय प्रधानमन्त्री शेर बहादुर देउवा, भारतका महामहिम प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटघाटमा सरिक हुनुभएको छ ।

दुई देशका प्रधानमन्त्रीले दुई देशका जनताको पारस्परिक हितका लागि द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ गर्ने र विभिन्न क्षेत्रमा सहयोगलाई अगाडि बढाउने उपायका बारेमा विचार आदानप्रदान गरेका छन् ।

