टाइफाइड खोपको सुरुवात गर्ने नेपाल दक्षिण एसियाको पहिलो राष्ट्र बनेको छ । नेपालले टाइफाइडबाट बालबालिकालाई बचाउन चैत्र २५ गतेदेखि बैशाख १८ गतेसम्म राष्ट्रव्यापी रुपमा टाइफाइड खोप अभियान सुरु गर्न लागेको हो । केहि जिल्लामा भने खोप अभियान सुरु भइसकेको छ ।
स्वास्थ मन्त्रालयका अनुसार ७५ लाख बालबालिकालाई टाइफाइड खोप लगाउने सरकारको लक्ष्य छ ।
स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाअन्तर्गत् खोप शाखा प्रमुख सागर दाहालका अनुसार अभियानपछि नियमित खोप तालिकामा टाइफाइड खोप पनि समावेश गरिनेछ र १५ महिना पुगेका सबै बालबालिकालाई एक डोज टाइफाइड खोप प्रदान गरिनेछ । खोप शाखा प्रमुख दाहालले भने, ‘अभियानको क्रममा टाइफाइड खोप स्थानीय तहको प्रत्येक वडामा तोकिएको विद्यालयहरूको खोप केन्द्रमा उपलब्ध हुनेछ । विद्यालय नभएका वा कम भएका वडाहरूमा आवश्यकताअनुसार (बाह्य) खोप केन्द्र संचालन गरिनेछ । अभियानको अन्तिम दिन स्वास्थ्य संस्थामा खोप सेवा संचालन गरिनेछ । ’
खोपको प्रभावकारिताको अध्ययनले टाइफाइड खोपबाट यो रोगको संक्रमणमा उल्लेखनीय रुपमा कमी ल्याउन सकिने अध्ययनले देखाएको छ । विश्व स्वास्थ्य संगठनले टाइफाइड खोपलाई नेपालसहित सबै टाइफाइड प्रभावित देशहरूमा प्रयोगका लागि सिफारिस गरेको छ ।
करिब १० हजार स्वास्थ्यकर्मीले खोप दिनेछन् । अभियानमा १ लाख १२ हजार ८५८ जना स्वयंसेवक परिचालन हुनेछन्

