सबैलाई पठाउनु होला

काठमाडौं –   अभिनेत्री सुष्मा कार्की सामाजिक सञ्जालबाट पूर्ण रुपमा बाहिरिएकी छन् । सामाजिक सञ्जालबाट टाढा हुने भन्दै पोस्ट गरेका सबै तस्वीर उनले डिलेट गरेकी छन् । फेसबुकले आधिकारिक खाताको रुपमा पुष्टि गरेको उनको फेसबुक पेज र युजरनेम परिवर्तन भएपनि भेरिफाइड ब्याज चाहिं हटेको छैन ।

यसबारे कुरा गर्दा सुष्माले आफ्नो भेरिफाइड पेज अरुको चासोको विषय बन्न नसक्ने जवाफ दिएकी छन् । फेसबुक पेजमा तस्वीर राख्दा नेगेटिभ कमेन्ट बढी आउन थालेपछि उक्त पेज अरुलाई नै दिएको सुष्माको भनाइ रहेको छ  ।

उनले भनिन्  , ‘म अहिले पूर्णरुपमा सामाजिक सञ्जालबाट बाहिर छु’ । ५७ हजार फलोअर्स रहेको इन्स्टाग्रामबाट सुष्माले सबै तस्वीर हटाएकी छन् । तर इन्स्टामा उनको भेरिफाइड एकाउन्ट कायमै रहेको  छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com