काठमाडौ – साउदी अरेबियाबाट आएका तीन जना नेपाली काठमाडौ विमानस्थलमा ओर्लने वित्तिकै पक्राउ परेका छन् । उनीहरुले अवैध सुन लुकाएर ल्याएको सूचना पाएपछि पक्राउ गारेका हुन ।
विमानस्थल सुरक्षा गणले शनिबार एयर अरेवियाको उडानद्वारा सारजाहाबाट काठमाडौं आएका रसुवा नौकुण्ड(१ का ३२ वर्षीय सुकुराम लामा, नौकुण्ड(६ २७ वर्षीय पेम्बा थोक्रा र २२ वर्षीय बुद्धिमान तामाङलाई सुनसहित नियन्त्रणमा लिएको थियो ।
शंकास्पद गतिविधि देखाएपछि विमानस्थलको आगमन टनेल गेटमा नियन्त्रणमा लिई जाँच गर्दा सुनको सिक्रीहरु अवैध रुपमा लुकाई छिपाई भन्सार छली गरी लैजान लागेको अवस्थामा फेला पारिएको विमास्थल सुरक्षा गणले जनाएका छन् ।
तीनै जनाको जिन्स पाइन्टको कम्मरको भागमा फल्स बटम बनाई राखिएको दुई थान सुनको सिक्री फेला परेको थियो। तीनै जनासँग फेला परेको ६ थान सुनको तौल समान ९९।९६ र ९९।९६ ग्राम रहेको छ। ९९।९६ ग्राम सुनको मूल्य ८ लाख ५३ हजार २०८ रुपैयाँ हुन आउँछ।
तीनै जनाको जोड्दा मूल्य २५ लाखभन्दा बढी हुन्छ। बरामद सुनको सिक्रीसहित उनीहरुलाई थप अनुसन्धान एवं आवश्यक कारबाहीको लागि भन्सार कार्यालयमा बुझाइएको छ।

