सबैलाई पठाउनु होला

काठमाडौ  –   साउदी अरेबियाबाट आएका तीन जना नेपाली काठमाडौ विमानस्थलमा ओर्लने वित्तिकै पक्राउ परेका छन् । उनीहरुले अवैध सुन लुकाएर ल्याएको सूचना पाएपछि  पक्राउ गारेका हुन ।

विमानस्थल सुरक्षा गणले शनिबार एयर अरेवियाको उडानद्वारा सारजाहाबाट काठमाडौं आएका रसुवा नौकुण्ड(१ का ३२ वर्षीय सुकुराम लामा, नौकुण्ड(६ २७ वर्षीय पेम्बा थोक्रा र २२ वर्षीय बुद्धिमान तामाङलाई सुनसहित नियन्त्रणमा लिएको  थियो ।

शंकास्पद गतिविधि देखाएपछि विमानस्थलको आगमन टनेल गेटमा नियन्त्रणमा लिई जाँच गर्दा सुनको सिक्रीहरु अवैध रुपमा लुकाई छिपाई भन्सार छली गरी लैजान लागेको अवस्थामा फेला पारिएको विमास्थल सुरक्षा गणले जनाएका छन् ।

तीनै जनाको जिन्स पाइन्टको कम्मरको भागमा फल्स बटम बनाई राखिएको  दुई थान सुनको सिक्री फेला परेको थियो। तीनै जनासँग फेला परेको ६ थान सुनको तौल समान ९९।९६ र ९९।९६ ग्राम रहेको छ। ९९।९६ ग्राम सुनको मूल्य ८ लाख ५३ हजार २०८ रुपैयाँ हुन आउँछ।

तीनै जनाको जोड्दा मूल्य २५ लाखभन्दा बढी हुन्छ।  बरामद सुनको सिक्रीसहित उनीहरुलाई थप अनुसन्धान एवं आवश्यक कारबाहीको लागि भन्सार कार्यालयमा  बुझाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com