काठमाडौं – इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएरातिको खेलमा गुजरातले राजस्थानलाई ३७ रनले हराउँदै अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ । राजस्थान भने शीर्षबाट तेस्रो स्थानमा झरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा १९२ रन बनाएको थियो ।
गुजरातको दुई विकेट १५ रन बनाउँदा नै गुमिसकेको थियो । शुभमन गिल १३ रनमा आउट भएका थिए । त्यसपछि कप्तान हार्दिक पाण्ड्याले स्थिति सम्हाल्दै ५२ बलमा ८७ रनको योगदान गरेका थिए । उनलाई अभिनव मनोहरले ४३ रन बनाएर र डेभिड मिलरले ३१ रन बनाएर साथ थिएका हुन ।
राजस्थानका लागि कुलदीप सेन, युजवेन्द्र चहल र रियान परागले एक–एक विकेट लिएका थिए । १९३ रनको लक्ष्य पछ्याएको राजस्थानको टोली निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५५ रनमा समेटियो । राजस्थानका लागि जोस बटलरले २४ बलमा ५४ रन बनाए ।
शिमरोन हेटमायर २९ रन जोडे । गुजरातका लागि लकी फर्ग्युसन र यश दयालले तीन–तीन विकेट लिएका हुन । कप्तान हार्दिक पाण्ड्या र मोहम्मत शमीले एक–एक विकेट लिएका हुन । अलराउण्ड प्रदर्शन गरेका हार्दिक पाण्ड्या प्लेयर अफ द म्याच चुनिए ।

