सबैलाई पठाउनु होला

नयाँ दिल्ली –   भारतमा फेरि कोरोना भाइरस संक्रमण निरन्तर बढ्दै गैरहेको छ। पछिल्लो २४ घण्टामा २ हजार ६७ जनामा ​​संक्रमण देखिएको छ। भारतमा हाल सक्रिय संक्रमितको संख्या १२ हजार नाघेको छ।

स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार अहिले देशमा १२ हजार ३४० जना कोरोना संक्रमित छन्। योसँगै कोरोनाबाट एकै दिन ४० जनाको मृत्यु भएको छ।

केरलामा ३४, महाराष्ट्रमा तीन र उत्तर प्रदेश, मिजोरम र नागाल्याण्डमा एक-एक जनाको मृत्यु भएको छ। भारतमा कोरोनाका कारण अहिलेसम्म ५ लाख २२ हजारभन्दा बढीको मृत्यु भइसकेको छ।

जसमध्ये सबैभन्दा बढी १,४७,८३० महाराष्ट्रका रहेका छन्।  पछिल्लो २४ घण्टामा १ हजार ५ सय ४७ कोरोना संक्रमित निको भएका छन्। कोरोनाबाट निको हुनेको दर ९८.७६ प्रतिशत रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com