सबैलाई पठाउनु होला

काठमाडौं –  विकास आचार्यले निर्देशन गर्ने ‘नाइँ नभन्नु ल’को छैटौं श्रृंखलामा अभिनेत्री आँचल शर्मा अनुबन्धित हुने भएकी छन् । आँचलले ‘नाइँ नभन्नु ल ६’मा काम गर्ने मौखिक सहमति भइसकेको निर्देशक आचार्यले जानकारी दिएको छ  ।

फिल्मको नायक र अन्य कलाकार भने छनोट भइनसकेको उनले बताएको छ । आँचलले आचार्यकै फिल्म ‘नाइँ न भन्नु ल ४’बाट फिल्मी करिअर सुरु गरेकी थिइन् ।

‘नाइँ नभन्नु ल’ का हरेक श्रृंखलामा मुख्य भूमिकामा देखिंदै आएका बालकलाकार अनुभव रेग्मी भने यो फिल्ममा अटाउने छैनन् । उमेर बढेका कारण फिल्ममा उनको भूमिका नरहने आचार्यले बताएको छ  ।

केही दिनमै पत्रकार सम्मेलन गरेर ‘नाइँ नभन्नु ल ६’का विषयमा औपचारिक जानकारी दिइने बताइएको छ ।  फिल्मको छायांकन भदौको दोस्रो साताबाट सुरु गरिने पनि निर्देशक आचार्यले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com