सबैलाई पठाउनु होला

९ बैशाख – भारतमा २४ घण्टाको समयावधी भित्र अर्थात बिहीबार मधयरातिसम्म दुई हजार ४५१ व्यक्ति कोरोनाका थप सङ्क्रमति भएपछि यहाँ कुल सङ्क्रमतिको संख्या चार करोड ३० लाख ५२ हजार ४५२ जना पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले शुक्रबार जानकारी दिएको छ ।

विगत केही महिनायता न्यून विन्दुमा पुगेको कोरोना भाइरस सङ्क्रमणको  पुनः नयाँ संक्रमितको संख्या २ हजार नाघेको यो लगातार तेस्रो दिन हो । यसका साथै २४ घण्टाको समयमा महामारीका कारण थप ५४ जनाको मृत्यु भएपछि मृत्यु हुनेको संख्या ५ लाख २२ हजार ११६ पुगेको छ ।

यहाँ अझै पनि सक्रिय सङ्क्रमित १४ हजार २४१ जना रहेका भारतीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । भारतमा केही महिनायताबाट सक्रिय सङ्क्रमित घट्ने क्रम जारी रहेको थियो । तर केही दिनयताबाट सक्रिय सङ्क्रमति बढेको पाइएको छ ।

२४ घण्टाको समयावधी अर्थात बिहीबार मध्यरातिसम्म एक हजार ५८९ जना कोरोना निको भएका छन् ।  यसैसँगै हालसम्म ४ करोड २५ लाख १६ हजार ६८ जना सफलतापूर्वक कोरोना सङ्क्रमण निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com