सबैलाई पठाउनु होला

टिकटका लागि कहिल्यै नेताको घरदैलो पुगेनन् । मतदातालाई रिझाउन भोजभतेर गरेनन् । अरूझैं चुनाव प्रचारप्रसारमा दौडधुप देखिन्न । तर, पनि नरसिंह व्यञ्जनकारले हालसम्म स्थानीय तहको चुनावमा हार बेहोर्नुपरेको छैन । २०२९ सालदेखि २०७४ सम्म लगातार १० पटक वडाध्यक्ष जितिसकेका उनले यसपालि पनि स्थानीय तह निर्वाचनमा वडाध्यक्षकै लागि स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

‘प्रत्येक चुनावमा राजनीतिक दलहरूले टिकट लिन आग्रह गर्छन्, पार्टीबाट उठेपछि दोहोरो मार पर्छ,’ ललितपुर महानगरपालिका–१० का निवर्तमान वडाध्यक्ष व्यञ्जनकार भन्छन्, ‘वडाध्यक्ष भनेको जनताको सेवा गर्नु हो । पार्टीको टिकट लिएपछि जनताको मात्र सेवा गरेर पुग्दैन, नेताको पनि चाकरी गर्नुपर्छ । त्यसैले स्वतन्त्रबाट उठेको हुँ ।’ पार्टीबाट चुनाव जित्दा आफ्नो हक अधिकार नेताको स्वार्थमा प्रयोग गर्नुपर्ने उनको भनाइ छ ।

२०४९ मा कांग्रेसले टिकट दिँदा उनी निर्विरोध नै चुनिएका थिए । यतिका वर्षसम्म मतदाताले निरन्तर रुचाइरहनुमा उनी भ्रष्टाचार र जनताको काममा ढिलासुस्ती नगर्नुलाई प्रमुख कारण ठान्छन् । जनतालाई दिएको सुख सम्झेर भोट पाउने गरेको उनले सुनाए । ‘वडा कार्यालय राजनीति गर्ने ठूलो होइन, जनताको सेवा गर्ने ठाउँ हो,’ ८१ वर्षीय व्यञ्जनकारले भने, ‘सामाजिक काम गर्ने धोको पूरा भएको छैन ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com