काठमाडौं – कुमारी बैंक लिमिटेडसँगको सहकार्यमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सो कार्यालयसँग सम्बन्धित शुल्क तथा जरिवाना कुमारी बैंक लिमिटेडको क्युआर प्रणालीबाटै सिधै भुक्तानी गर्न सकिने सेवा सुरु गरेको छ ।
काठमाडौ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा शुक्रबार आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) उमेश राज जोशीले विधिवत रुपमा सेवा सञ्चालन गरे ।
कार्यक्रममा आफ्नो मन्तव्य राख्दै प्रमुख अतिथि, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी जोशीले गृह प्रशासनलाई डिजिटलाइज गर्ने नेपाल सरकारको कार्ययोजना सफल बनाउन यस प्रणालीको सुरुवातले सहयोग पुगेको बताएको छ ।
यो सेवाको सुरुवातले अब बिना नगद तथा झन्झट सेवाग्राहीले छोटो समयमा नै आफ्नो काम सम्पन्न गरी सेवा प्राप्त गर्न सकिने तथा राजस्व संकलनमा सहज हुने विश्वास व्यक्त गरेको छ ।

