सबैलाई पठाउनु होला

काठमाडौं – कुमारी बैंक लिमिटेडसँगको सहकार्यमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सो कार्यालयसँग सम्बन्धित शुल्क तथा जरिवाना कुमारी बैंक लिमिटेडको क्युआर प्रणालीबाटै सिधै भुक्तानी गर्न सकिने सेवा सुरु गरेको छ ।

काठमाडौ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा शुक्रबार आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) उमेश राज जोशीले विधिवत रुपमा सेवा सञ्चालन गरे ।

कार्यक्रममा आफ्नो मन्तव्य राख्दै प्रमुख अतिथि, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी जोशीले गृह प्रशासनलाई डिजिटलाइज गर्ने नेपाल सरकारको कार्ययोजना सफल बनाउन यस प्रणालीको सुरुवातले सहयोग पुगेको बताएको छ  ।

यो सेवाको सुरुवातले अब बिना नगद तथा झन्झट सेवाग्राहीले छोटो समयमा नै आफ्नो काम सम्पन्न गरी सेवा प्राप्त गर्न सकिने तथा राजस्व संकलनमा सहज हुने विश्वास व्यक्त गरेको छ  ।

 यसैबीच कार्यक्रमका अतिथि कुमारी बैंक लिमिटेडका डिजिटल बैकिङ्ग विभागका प्रमुख अनिश ताम्राकारले समयको परिवर्तनसँगै प्रविधिमैत्री सेवा विस्तार गर्न कुमारी बैंक सदैव अगाडि बढिरहने कुरामा जोड दिँदै डाइनामिक क्युआर प्रविधिबाट राजस्व संकलन गर्ने प्रणालकिो शुरुवात एउटा नयाँ आयाम भएको विचार व्यक्त गर्दै आगामी दिनमा अन्य कार्यालयबाट पनि यस प्रकारका सेवा सुचारु गरिने बताएको छ  ।
यस प्रणाली अन्तर्गत सेवाग्राहीले राजस्व रकम भुक्तानी गर्दा क्युआर कोड स्क्यान गर्नासाथ रकम सहित सम्पूर्ण विवरण सेवाग्राहीले प्राप्त गरी सिधै भुक्तानी गर्न सकिने जानकारी गराएको छ  ।
 
कार्यक्रममा बोल्दै फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटाले जुनसुकै बैकमा रहेको खाताबाट क्युआर स्क्यान गरी सुरक्षित डिजिटल प्रणालीबाट भुक्तानी गर्न सकिने सुविधा यस प्रणालीमा रहेको बताएको छ  ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com