काठमाडौं – नेपाल प्रहरी र सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिका विषयमा छलफल गर्न मन्त्रिपरिषदको बैठक आज बसेको छ । बैठक बिहान ११ बजे बसेका छन् ।
मन्त्रिपरिषद बैठकअघि प्रधानमन्त्री शेरबहादुर देउवाले गृहमन्त्री बालकृष्ण खाँणसहित गठबन्धनका शीर्ष नेताहरुसँग परामर्श गरेका छन् । परामर्शका लागि प्रधानमन्त्री देउवाले नेताहरुलाई बालुवाटारस्थित निवासमा बोलाएका हुन ।
नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्री र सशस्त्र प्रहरीका महानिरीक्षक पुष्पराम केसी आजबाट अनिवार्य अवकाशमा जान लागेकाले सरकारले नयाँ नियुक्तिको निर्णय गर्न लागेको हो ।
सशस्त्र प्रहरी बलमा आईजीपीका लागि राजु अर्याल एकल दाबेदार हुन् । उनलाई यसअघि बसेको मन्त्रिपरिषद बैठकले एआईजीमा बढुवा गरेको थियो । उनका प्रतिस्पर्धी डीआईजी नै रहेका छन् ।
नेपाल प्रहरीमा चाहिं विश्वराज पोखरेल, धिरज प्रताप सिंह, सहकुल बहादुर थापा र रविन्द्र बहादुर धानुक आईजीपीका दाबेदार रहेका छन् ।

