सबैलाई पठाउनु होला

काठमाडौं –  नेपाल प्रहरी र सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिका विषयमा छलफल गर्न मन्त्रिपरिषदको बैठक आज बसेको छ । बैठक बिहान ११ बजे बसेका छन्  ।

मन्त्रिपरिषद बैठकअघि प्रधानमन्त्री शेरबहादुर देउवाले गृहमन्त्री बालकृष्ण खाँणसहित गठबन्धनका शीर्ष नेताहरुसँग परामर्श गरेका छन् । परामर्शका लागि प्रधानमन्त्री देउवाले नेताहरुलाई बालुवाटारस्थित निवासमा बोलाएका  हुन ।

नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्री र सशस्त्र प्रहरीका महानिरीक्षक पुष्पराम केसी आजबाट अनिवार्य अवकाशमा जान लागेकाले सरकारले नयाँ नियुक्तिको निर्णय गर्न लागेको हो ।

सशस्त्र प्रहरी बलमा आईजीपीका लागि राजु अर्याल एकल दाबेदार हुन् । उनलाई यसअघि बसेको मन्त्रिपरिषद बैठकले एआईजीमा बढुवा गरेको थियो । उनका प्रतिस्पर्धी डीआईजी नै  रहेका छन् ।

नेपाल प्रहरीमा चाहिं विश्वराज पोखरेल,  धिरज प्रताप सिंह, सहकुल बहादुर थापा र रविन्द्र बहादुर धानुक आईजीपीका दाबेदार रहेका  छन्  ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com